February 25, 2025, 1:38 am
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

भीर मौरीको मह निकाल्ने क्रममा १५० मिटर तल खसेका राईको मृत्यु

मंसिर ३, २०८१ मा प्रकाशित | ६४०दर्शक तीव्रखबर

संखुवासभा– संखुवासभाको सिलिचोङ गाउँपालिका–३ खङ्वा खोला नजिकै तेवा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ।

सिलिचोङ–३ खङ्वा खोला नजिकै तेवा भीरबाट लडेर स्थानीय राजन राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी दक्षकुमार बस्नेतले जानकारी दिए।

डिएसपी बस्नेतका अनुसार  साथीहरूसँग भीरमा चढेर भीर मौरीको मह काढ्ने क्रममा १ सय ५० मिटर अग्लो भीरबाट खसेर राईको घटना स्थलमै मृत्यु भएको हो।

त्यस्तै, मकालु गाउँपालिका-२ सेदुवामा कासुवा खोला हाइड्रो पावरको ट्याक खोल्ने क्रममा एस्काभेटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय ३० वर्षीय सुरवीर राई रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया