February 25, 2025, 1:41 am
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

मृतकका परिवारसँग सहमति, झाँक्री भुजेलले ५२ लाख दिने

मंसिर ३, २०८१ मा प्रकाशित | ५७०दर्शक तीव्रखबर

काठमाडौं झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच सहमति भएको छ । प्रहरीका अनुसार दुई पक्ष मिलेकोले अस्पतालमा रहेको शव उठाउने तयारी भइरहेको छ ।

मृतकका परिवार र भुजेलबीच क्षतिपूर्तिबापत ५२ लाख दिने सहमति भएको बताइएको छ । काठमाडौंको शंकरापुरमा गत कात्तिक २८ गते भुजेलले चलाएको बा १९ प २६०५ नम्बरको कारले बागमती प्रदेश -०२-०१८ प ६८७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा कागेश्वरी मनोहरा नगरपालिका-२ बस्ने ३८ वर्षीय नारायण नगरकोटी र उनकी पत्नी सानुमाया नगरकोटी गम्भीर घाइते भएका थिए ।

दुवै जनाको ग्राण्डी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । भुजेलले चलाएको कार मोटरसाइकललाई समेत ठक्कर दिएर पसलको सटरमा ठोक्किएको थियो ।प्रहरीको हिरासतमा रहेका भुजेलविरुद्ध मुद्दा चलाइएको छ । उनलाई सवारी तथा यातायात ऐन २०४९ को सवारी ज्यानको महलमा मुद्दा चलाइने प्रहरीले जानकारी दिएको छ । विद्यमान कानुन अनुसार उनलाई एक वर्षको कैद हुने व्यवस्था छ, जसमा धरौटीमा रिहा हुने सुविधा हुन्छ ।

प्रतिक्रिया