December 23, 2024, 2:27 pm
» एनपीएलको फाइनलका दिन दुर्व्यवहार गर्ने दुई जना पक्राउ » रवि लामिछानेको सांसद पद निलम्बित » पाकिस्तानमा आतङ्कवादीसँगको भिडन्तमा चार सैनिकको मृत्यु, १५ घाइते » निजामती विधेयक पारित गर्न मन्त्रालय क्रियाशील छ : मन्त्री गुप्ता » वडा अध्यक्ष भण्डारीले ब्यक्तिगत खर्चमा गरे वृदवृद्धालाई घर-घरमा पुगेर सहयोग

दरबारमार्गमा २५ तले अन्नपूर्ण स्क्वायर होटल, मीनबहादुरले गरे शिलान्यास

मंसिर ३, २०८१ मा प्रकाशित | ३८०दर्शक तीव्रखबर

काठमाडौं- काठमाडौंको दरबारमार्गमा अन्नपूर्ण स्क्वायर होटेलको सोमबार शिलान्यास गरिएको छ ।

आईटीसी होस्पिटालिटीसँगको साझेदारी पत्रमा हस्ताक्षरको दुई महिनापछि अन्नपूर्ण स्क्वायर होटेलका अध्यक्ष मीनबहादुर गुरुङले सोमबार विधिपूर्वक पूजा गरेर शिलान्यास गरेका हुन् ।

यो होटेल २५ तले संरचनासहितको हुने छ । यो होटल ९ लाख स्क्वायर फिट क्षेत्रफलमा फैलिएको हुनेछ । ३५० कोठे होटलमा ४० कोठा अपार्टमेन्ट र होटल परिसरमा बिजनेस कम्प्लेक्स पनि बनाइनेछ ।

होटेल निर्माणका लागि साढे ६ अर्ब लगानी गुरुङले गर्दैछन् । यो होटेललाई वि.सं. २०८५ देखि सञ्चालन तयारी गरिएको अध्यक्ष गुरुङले बताएका छन् ।

सअघि सञ्चालनमा रहेको दरबारमार्गस्थित पाँचतारे होटल अन्नपूर्णलाई भत्काएर अत्याधुनिक नयाँ होटल बनाउन लागिएको हो।

यसअघि नै भाटभटेनीका मालिक मीनबहादुर र लिटिल एन्जल्सका मालिक उमेश श्रेष्ठसहितको समूहले होटलको बहुमत सेयर किनेका थिए । त्यसपछि यस होटललाई अन्नपूर्ण स्क्वायर नाम दिइएको हो । नयाँ ब्राण्डिङसहित यस होटलमा भारतीय प्रिमियर ब्राण्ड आईसीटी वेलकमलाई ल्याइएको छ ।

शिलान्यासका क्रममा गुरुङले दक्षिण एसियाकै उत्कृष्ट होटल बनाउने योजना सुनाए । यस होटललाई नेपालकै लक्जरी आतिथ्यतासहितको बनाउने पनि बताएका छन् ।

प्रतिक्रिया