February 26, 2025, 11:02 am
» एमाले नेता केशब बडाललाई पत्नी शोक » प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबीच भेट » सुडानमा सैन्य विमान दुर्घटना हुँदा ४६ को मृत्यु » १८ वर्षीय छात्रलाई रक्त क्यान्सर, आर्थिक सहयोगको अपिल » सैनिक मञ्चमा सेनाको हर्षबढाईं

पूर्वसभामुख ढुंगानाको निधनमा पार्टीको झण्डा आधा झुकाउने कांग्रेसको निर्णय

मंसिर ३, २०८१ मा प्रकाशित | ४७०दर्शक तीव्रखबर

काठमाडौं नेपाली कांग्रेसले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको शोकमा दुई दिनसम्म पार्टीको केन्द्रीय कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको छ । 

केन्द्रीय कार्यसमितिको सोमबार बसेको आकस्मिक बैठकले आज र भोलि (सोमबार र मंगलबार) दुई दिनसम्म पार्टीको केन्द्रीय कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको हो । 

बैठकले मंगलबार एक दिन केन्द्रीय कार्यालय बन्द गर्ने निर्णय गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार कांग्रेसले ढंगानाको स्वर्गारोहणको १३ औं दिनमा केन्द्रमा शोक सभाको आयोजना गर्ने भएको छ ।

कांग्रेस नेता तथा पूर्वसभामुख ढुंगानाको ८३ वर्षको उमेरमा आइतबार काठमाडौंको फ्रन्ट लाइन अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । 

नेपालमा लोकतान्त्रिक व्यवस्था र गणतन्त्र स्थापनाका लागि भएका आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेका ढुंगाना ०४८ को आम निर्वाचनमा कांग्रेसका तर्फबाट काठमाडौं– २ बाट विजयी भएका थिए । 

ढुंगाना ०४८ देखि २०५१ सम्म प्रतिनिधि सभाको सभामुख थिए । उनले ०५१ मा काठमाडौं–२ र २०७४ मा भक्तपुर–२ बाट कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका थिए ।

प्रतिक्रिया