February 25, 2025, 1:47 am
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

ग्यास सिलिण्डर पड्किएर आगलागी हुँदा १० लाख क्षति

मंसिर २, २०८१ मा प्रकाशित | ५८०दर्शक तीव्रखबर

रसुवा – ग्यास सिलिण्डर पड्किएर आगलागी हुँदा रसुवाको गुम्बुडाँडामा एउटा घरमा क्षति पुगेको छ ।

इलाका प्रहरी कार्यालय कालिकास्थानका प्रहरी निरीक्षक पन्नालाल यादवका अनुसार आगलागीबाट कालिका गाउँपालिका–२ गुम्बाडाँडाका मानबहादुर गोलेको घरमा क्षति भएको हो ।

खाना पकाउने क्रममा सिलिण्डर पड्किएको हो । आगलागीबाट रू १० लाख बराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ । पीडितलाई कालिका गाउँपालिकाले आजै राहत सामग्री वितरण गरेको छ ।

यसैबीच प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलको अध्यक्षतामा आज जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेको छ । बैठकमा रसुवाका पाँचवटै गाउँपालिकाका प्रतिनिधि, सरकारी कार्यालयका प्रमुख, सुरक्षाकर्मीलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया