February 26, 2025, 10:54 am
» प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबीच भेट » सुडानमा सैन्य विमान दुर्घटना हुँदा ४६ को मृत्यु » १८ वर्षीय छात्रलाई रक्त क्यान्सर, आर्थिक सहयोगको अपिल » सैनिक मञ्चमा सेनाको हर्षबढाईं » परराष्ट्रमन्त्री राणा र राष्ट्रसंघीय मानवअधिकार उच्च आयुक्त भल्कर टकबीच भेटवार्ता

हेटौँडा उपमहानगरपालिका–१२ मा कांग्रेसका तिवारीले दर्ता गरे उम्मेदवारी

मंसिर २, २०८१ मा प्रकाशित | ६१०दर्शक तीव्रखबर

हेटौँडा,

आगामी मङ्सिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनमा हेटौँडा -१२ को वडा अध्यक्ष पदको लागि नेपाली कांग्रेसका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । गत २०७९ को निर्वाचनमा निकटतम प्रतिद्वन्द्वी रहेका कांग्रेसका अर्जुन प्रसाद तिवारीले मनोनयन दर्ता गरेका हुन् ।उनले सुदर्शनप्रसाद लामाको प्रस्ताव र सरणबहादुर घलेको समर्थनमा मनोनयन दर्ता गरेका हुन् । तिवारी गत २०७९ को निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार ललित घलानसँग ३१ मतको अन्तरले पराजित भएका थिए । सो निर्वाचनमा तिवारीले १ हजार ३४० मत पाएका थिए भने विजयी भएका घलानले १ हजार ३७१ मत पाएका थिए ।

प्रतिक्रिया