February 26, 2025, 11:01 am
» एमाले नेता केशब बडाललाई पत्नी शोक » प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबीच भेट » सुडानमा सैन्य विमान दुर्घटना हुँदा ४६ को मृत्यु » १८ वर्षीय छात्रलाई रक्त क्यान्सर, आर्थिक सहयोगको अपिल » सैनिक मञ्चमा सेनाको हर्षबढाईं

जसपा नेपालबाट कीर्तिपुरको मेयरमा तेस्रो लिङ्गी, हनि महर्जनको उम्मेदवारी दर्ता

मंसिर २, २०८१ मा प्रकाशित | १०४०दर्शक तीव्रखबर

काठमाडौं : स्थानीय तह उपचुनावको लागि कीर्तिपुर नगरपालिकाको मेयरमा दीपक महर्जन (हनि) र वडाध्यक्षमा राजीव महर्जन (मौनी) ले मनोनयन दर्ता गराएका छन्। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट आज उनीहरुले उम्मेदवारी दर्ता गएएको

यौनिक तथा लैंगीक समुदायको अधिकारका लागि वकालत गर्दै आएका हनिलाई मेयर र मौनीलाई ४ नम्बर वडाध्यक्षको उम्मेदवार बनाइएको हो। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई प्राथमिकतामा राखेर पार्टीले तेस्रो लिंगीलाई उम्मेदवार बनाएको जनाएको छ।

कीर्तिपुरको मेयरमा नेकपा एमालेका डा. सुरेन्द्र मानन्धर,  नेकपा माओवादी केन्द्रबाट शिवशरण महर्जन, राप्रपाका ध्रुव महर्जन र नेसपाबाट दिलकुमार महर्जनले उम्मेदवार दर्ता गराइसकेका छन्। एकीकृत समाजवादीले आफूले उम्मेदवारी नदिने भएको छ।

प्रतिक्रिया