February 26, 2025, 10:57 am
» एमाले नेता केशब बडाललाई पत्नी शोक » प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबीच भेट » सुडानमा सैन्य विमान दुर्घटना हुँदा ४६ को मृत्यु » १८ वर्षीय छात्रलाई रक्त क्यान्सर, आर्थिक सहयोगको अपिल » सैनिक मञ्चमा सेनाको हर्षबढाईं

कीर्तिपुरको मेयरमा राप्रपाबाट ध्रुव महर्जनले गराए उम्मेदवारी दर्ता

मंसिर २, २०८१ मा प्रकाशित | ५००दर्शक तीव्रखबर

काठमाडौं : कीर्तिपुर नगरपालिकाको मेयर पदमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ध्रुव महर्जनले उम्मेदवारी दर्ता गराएका छन्। यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि महर्जनले उम्मेदवारी दर्ता गराएका हुन्।

यसैगरी राप्रपाबाट कीर्तिपुर नगरपालिकाको रिक्त वडा नम्बर १ र ४ मा अध्यक्ष पदका लागि पनि उम्मेदवारी दर्ता भएको छ। वडा नम्बर १ का अध्यक्षका लागि सुरेन्द्र उप्रेती र वडा नम्बर ४ का लागि बिजेश बस्नेतले उम्मेदवार दर्ता गराएका हुन्।

यसअघि मेयरका लागि नेकपा एमालेबाट डा.सुरेन्द्र मानन्धरले उम्मेदवारी दर्ता गराइसकेका छन्। एमालेबाट कीर्तिपुर नगरपालिकाको वडा नम्बर १ मा हर्ष महर्जन र वडा नम्बर ४ मा बद्री बुढाथोकीले उम्मेदवारी दर्ता गराएका हुन्। निर्वाचन आयोगका अनुसार आज बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ताको समय तोकिएको छ।

प्रतिक्रिया