February 26, 2025, 11:10 am
» एमाले नेता केशब बडाललाई पत्नी शोक » प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबीच भेट » सुडानमा सैन्य विमान दुर्घटना हुँदा ४६ को मृत्यु » १८ वर्षीय छात्रलाई रक्त क्यान्सर, आर्थिक सहयोगको अपिल » सैनिक मञ्चमा सेनाको हर्षबढाईं

कीर्तिपुरको मेयरमा एमालेका डा.सुरेन्द्र मानन्धरको उम्मेदवारी दर्ता स्थानीय तह उपनिर्वाचन

मंसिर २, २०८१ मा प्रकाशित | ७२०दर्शक तीव्रखबर

काठमाडौं : कीर्तिपुर नगरपालिकाको मेयर पदमा नेकपा एमालेबाट डा.सुरेन्द्र मानन्धरले उम्मेदवारी दर्ता गरेका छन्।  यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि मानन्धरले उम्मेदवारी दर्ता गराएका हुन्।

एमालेबाट कीर्तिपुर नगरपालिकाको वडा नम्बर १ र ४ को अध्यक्षमा पनि उम्मेदवारी दर्ता भएको छ। वडा नम्बर १ मा हर्ष महर्जन र वडा नम्बर ४ मा बद्री बुढाथोकीले उम्मेदवारी दर्ता गराएका हुन्।

कीर्तिपुरको मेयरमा एमालेबाट मानन्धरसहित नेपाली कांग्रेसबाट कृष्णमान डंगोल, नेकपा माओवादी केन्द्रबाट प्रा.डा.शिवशरण महर्जन, राप्रपाबाट ध्रुव महर्जन उम्मेदवार छन्।

निर्वाचन आयोगका अनुसार आज बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ताको समय तोकिएको छ।

प्रतिक्रिया