February 26, 2025, 12:09 pm
» पशुपति क्षेत्रबाट ७५ जना पक्राउ » एमाले नेता केशब बडाललाई पत्नी शोक » प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबीच भेट » सुडानमा सैन्य विमान दुर्घटना हुँदा ४६ को मृत्यु » १८ वर्षीय छात्रलाई रक्त क्यान्सर, आर्थिक सहयोगको अपिल

यो सरकार उल्टाएर बन्ने हाम्रै सरकार हो : प्रचण्ड

मंसिर १, २०८१ मा प्रकाशित | ७१०दर्शक तीव्रखबर

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार उल्टाएर आफूहरूकै सरकार बन्ने दाबी गरेका छन्। काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष दाहालले विपक्षी दल ‘गभर्मेन्ट इन वेटिङ’ पनि भएको बताए।

‘हाम्रो संख्या अहिले पनि म्याजिक नै छ भन्छु। किनभने ३२ सिटको हाम्रो पार्टी प्रमुख विपक्षी दल र विपक्षी दलको नेता पनि हो,’ उनले भने, ‘विपक्षी दल भनेको ‘गभर्मेन्ट इन वेटिङ’ पनि हो। हामी पर्खिराखेको सरकार हो। यो सरकारलाई उल्टाएर बन्ने सरकार हाम्रै हो। चिन्तित हुनपर्ने कुनै पनि कुरा छैन।’

उनले काठमाडौंमा लाखौं जनता उतार्ने तयारी भइरहेको पनि खुलाए। त्यसका लागि छिट्टै केन्द्रीय समितिको बैठक बसेर योजना बनाइने उनको भनाइ छ।

‘छिट्टै केन्द्रीय कार्यसमितिको बैठक बसेर कार्ययोजना बनाउँछौं। मंसिरभित्रै ७५३ वटै स्थानीय तहमा खबरदारी सभा गर्नेछौं। त्यो खबरदारी सभा सफल पार्न तपाइँहरूको पनि साथ चाहिन्छ। त्यसको तयारी जुट्न आह्वान गर्छु,’ उनले भने। उनले उक्त खबरदारीसभा ‘वार्मअप’को रूपमा आयोजना गर्ने र पछि काठमाडौंमा लाखौं जनता उतार्ने योजना रहेको बताए।

प्रतिक्रिया