February 26, 2025, 11:32 am
» पशुपति क्षेत्रबाट ७५ जना पक्राउ » एमाले नेता केशब बडाललाई पत्नी शोक » प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबीच भेट » सुडानमा सैन्य विमान दुर्घटना हुँदा ४६ को मृत्यु » १८ वर्षीय छात्रलाई रक्त क्यान्सर, आर्थिक सहयोगको अपिल

उपनिर्वाचन : वडा कार्यालयमै मुख्य निर्वाचन अधिकृतको कार्यालय

मंसिर १, २०८१ मा प्रकाशित | ५२०दर्शक तीव्रखबर

कञ्चनपुर– यही मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि भीमदत्त नगरपालिका-६ मा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी कार्य सञ्चालन गरिएको छ ।

नगरपालिकाको वडा नं ६ को रिक्त वडाध्यक्ष पदका लागि हुने निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । मुख्य निर्वाचन अधिकृतमा जिल्ला अदालतका न्यायाधीश लिलाराज अधिकारी रहेका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालय शुक्रबारदेखि स्थापना गरी सञ्चालनमा ल्याइएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख उदयराज जोशीले बताए।

‘मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै निर्वाचनका लागि आवश्यक सामग्री व्यवस्थापनको कार्य गरी रहेका छौँ’, उनले भने, ‘जनशक्ति व्यवस्थापनको कार्य भइरहेको छ ।’

उनका अनुसार छ वटा मतदान केन्द्रमा मतदान अधिकृतसहित ३० जना कर्मचारीलाई खटाइने छन् । मतदान केन्द्रमै छ जना स्वयंसेवक राखिने भएका छन् । निर्वाचन कार्यालयले प्रकाशन गरेको अन्तिम नामावलीअनुसार पाँच हजार ४३४ मतदाता रहेका छन । त्यसमध्ये पुरुष मतदाता दुई हजार ६६५ र महिला मतदाता दुई हजार ७६९ रहेका छन् । सबै मतदान केन्द्रलाई अपाङ्गमैत्री बनाइने कार्यालय प्रमुख जोशीको भनाइ छ ।

 निर्वाचन कार्यतालिकाअनुसार मङ्सिर २ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने, ५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, निर्वाचन चिह्न प्रदान गर्ने, ६ गतेदेखि १३ गतेसम्म उम्मेदवारले प्रचार प्रसारको कार्य गर्ने कार्यक्रम तय गरिएको छ । मङ्सिर १६ गते शान्ति निकेतन माध्यमिक विद्यालयमा निर्धारण गरिएका मतदान केन्द्रमा बिहान ७ बजेदेखि ५ बजेसम्म मतदान गर्ने कार्यक्रम राखिएको छ ।

प्रतिक्रिया