February 26, 2025, 12:05 pm
» पशुपति क्षेत्रबाट ७५ जना पक्राउ » एमाले नेता केशब बडाललाई पत्नी शोक » प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबीच भेट » सुडानमा सैन्य विमान दुर्घटना हुँदा ४६ को मृत्यु » १८ वर्षीय छात्रलाई रक्त क्यान्सर, आर्थिक सहयोगको अपिल

कैलालीमा कांग्रेसबाट टीका चौधरी समन्वय प्रमुखको उम्मेदवार

मंसिर १, २०८१ मा प्रकाशित | ७३०दर्शक तीव्रखबर

धनगढी- नेपाली कांग्रेसले आसन्न उपनिर्वाचनका लागि कैलाली जिल्ला समन्वय समिति प्रमुखको उम्मेदवार टुंग्याएको छ। कांग्रेसले आसन्न उपनिर्वाचनका लागि समन्वय समिति प्रमुखमा टीका चौधरी (भुल)लाई उम्मेदवार बनाउने भएको छ ।

यसअघि कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय समितिले कात्तिक १३ मा धनगढी उपमहानगरपालिका-२ का वडा सदस्य केशवराज पन्तलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

तर, निर्वाचन आयोगको बाध्यकारी परिपत्रलाई मध्यनजर गर्दै शनिबार बसेको प्रदेश संसदीय समिति बैठकले कैलारी गाउँपालिका-२ का वडा सदस्य टीका चौधरी भुललाई उम्मेदवार बनाउने निर्णय गरेको हो । 

उपनिर्वाचन हुने स्थानीय तहको प्रमुख पदमा पुरुष भए उप-प्रमुख महिला अनिवार्य रहनुपर्ने आयोगको परिपत्रअनुसार उक्त निर्णय गरिएको कांग्रेस सुदूरपश्चिमका प्रवक्ता सुरतबहादुर रावतले जानकारी दिए । जिल्ला समन्वय समिति प्रमुख पदमबहादुर कलेलको निधनपछि रिक्त रहेको कैलाली जिल्ला समन्वय समिति प्रमुखको पदका लागि मंसिर १६ गते निर्वाचन हुँदैछ ।

प्रतिक्रिया