February 25, 2025, 1:57 am
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

कार्तिक २९, २०८१ मा प्रकाशित | ७२०दर्शक तीव्रखबर

काठमाडौं,  : शंखरापुर नगरपालिका-९ इन्द्रायणीस्थित साँखु-थली सडकमा बा.१९ च २६९५ नम्बरको कार र बा.प्र-०२-०१८ प ६८७५ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बुधबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक कागेश्वरी मनोहरा नगरपालिका-२ आलापोट बस्ने ३८ वर्षीय नारायण नगरकोटीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको शंखरापुर अस्पताल हुँदै ग्राण्डी अस्पताल टोखामा थप उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले कार चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया