December 26, 2024, 12:49 am
» गाजामा युद्धविरामको सम्झौतामा इजरायलको ‘नयाँ’ सर्तहरूले ढिलाइ गर्यो- हमास » बालकोट हत्या प्रकरण : स्कुटरको लाइसेन्स लिन आएका कुलप्रसाद परीक्षा नदिई अस्ताए » बाँकेमा कुपोषित बालबालिका भेटिए » ‘सहकारी ठगीमा संलग्न जो कोहीलाई छोड्दैनौँ’ » काठमाडौं आइपुगे सोनु निगम, हायातको चौरमा कन्सर्ट हुँदै

धनराज गुरुङसँग सिआइबीले लियो ६ घण्टा बयान

कार्तिक २८, २०८१ मा प्रकाशित | ५१०दर्शक तीव्रखबर

काठमाडौं, 

सहकारी ठगी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग बयान लिएको छ। आज दिउँसो १२ बजेदेखि अहिले साँझ पाँच बजेसम्म ६ घण्टा लामो बयान लिएको हो।सिआइबीका प्रमुख एआइजी दिपक थापाले उपसभापति गुरुङसँग बयान लिएको पुष्टि गरे। बयानका क्रममा उपसभापति गुरुङले सहकारीको पैसा हिनामिना नभएको बताएका थिए।

उनले अनुसन्धानमा सहयोग गर्ने पनि बताए। सीआइबीले गुरुङलाई बुधबार मितेरी सहकारीको १४ करोड हिनामिनाको आरोप सम्बन्धी बयानमा कागज गराए छ। सीआइबी पुगेका गुरुङसँग उनकी पूर्व पत्नी ज्योति गुरुङले अपचलन गरेको रकम, सहकारीबाट लिएको ऋण, उनले भुक्तान गरेको भनिएको ९२ लाख सम्बन्धी सोधपुछ गरेको थियो।

गुरुङकी श्रीमती ज्योति गुरुङ २०५७ सालदेखि सहकारीको कर्मचारी रहेको र २०७५ सालमा कार्यकारी प्रमुख रहेकी थिइन। ज्योति गुरुङको नाममा सहकारीबाट १ करोड १३ लाख ऋण प्रवाह भएको थियो।

ज्योतिले १ करोड १३ लाख तिरेको देखिए पनि ८४ लाखको दायित्व धनराजले लिएका थिए। धनराज आफैले ज्योतिसँग सम्बन्ध विच्छेद हुँदा ज्योतिले सम्पत्ति नलिने र धनराजले सहकारीको ऋण तिर्ने सहमति भएको गुरुङले बयान दिएका छन्।

प्रतिक्रिया