February 26, 2025, 6:47 am
» राजदूत नेपालद्वारा स्पेनका राजासमक्ष ओहदाको प्रमाणपत्र पेस » अधिवक्ता धामीलाई ज्यान मार्ने धम्की, दिए प्रशासनमा उजुरी » पठन-पाठन अवरुद्ध गरी कक्षा कोठामा धार्मिक प्रवचन, विधार्थीद्वारा विरोध » केदार घिमिरे अभिनित ‘माग्ने राजा’ को सुटिङ काभ्रेको बल्थलीबाट सुरु » ट्रम्पले विदेशी नागरिकलाई भने- ५० लाख डलर देऊ, अमेरिकी नागरिकता लैजाऊ

रवि लक्षित योगेशको कटाक्ष : मान्छेलाई बाधसँग तुलना गरेर ईकोसिस्टम नबिगारौँ

कार्तिक २८, २०८१ मा प्रकाशित | ६५०दर्शक तीव्रखबर

काठमाडौं – नेकपा एमालेका सचिव योगेश भट्टराईले मानिस मानिसकै चरित्रमा रहनु पर्ने बताएका छन् ।

प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सिंहलाई खोरमा थुनेर स्याल हुँदै भनि दिएको अभिव्यक्ति प्रति व्यङ्ग्य गर्दै भट्टराईले मानिसले आफू सिंह हुँ भन्ने ठानेपछि बिग्रिने बताएका छन् । ‘जब मानिसले आफूलाई सिंह ठान्छ तब कुरा बिग्रन्छ’, सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

मानिसले आफ्नो मौलिक चरित्र गुमाए पछि दम्भी र घमण्डी हुने भट्टराईको दाबी छ । ‘उसले मानिसको मौलिक चरित्र गुमाउँछ अनि, ऊ दम्भी र घमण्डी बन्छ, हिंस्रक बन्छ, कमजोरमाथि जाइलाग्छ, नियम कानुन मान्दैन, अरूको अस्तित्व अस्वीकार गर्छ’, उनले उल्लेख गरेका छन् ।

सिंहको चरित्र लोकतन्त्रले नस्विकार्ने उनले उल्लेख गरेका छन् । ‘लोकतन्त्रले यो चरित्रलाई अस्वीकार गर्छ, त्यसैले मान्छेलाई अझ राम्रो मान्छे बनाऊ, सिंहलाई सिंह कै रूपमा रहन दिऊँ, इकोसिस्टम नबिगारौँ’, उनले लेखेका छन् ।

प्रतिक्रिया