February 26, 2025, 6:35 am
» अधिवक्ता धामीलाई ज्यान मार्ने धम्की, दिए प्रशासनमा उजुरी » पठन-पाठन अवरुद्ध गरी कक्षा कोठामा धार्मिक प्रवचन, विधार्थीद्वारा विरोध » केदार घिमिरे अभिनित ‘माग्ने राजा’ को सुटिङ काभ्रेको बल्थलीबाट सुरु » ट्रम्पले विदेशी नागरिकलाई भने- ५० लाख डलर देऊ, अमेरिकी नागरिकता लैजाऊ » गल्छी गुप्तेश्वरीमा ट्याक्टर दुर्घटना, दुई युवकको मृत्यु

१५ दिनभित्र बक्यौता रकम नउठे प्रक्रियाअनुसार अघि बढ्छौं : कुलमान घिसिङ

कार्तिक २८, २०८१ मा प्रकाशित | ५८०दर्शक तीव्रखबर

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अबको १५ दिनभित्र बक्यौता रकम नउठे प्रक्रियाअनुसार अघि बढ्ने बताएका छन्।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै घिसिङले सरकारले गरेको निर्णय कार्यान्वयन गर्नका लागि महसुल नबुझाएका उद्योगहरूको लाइन पुनः जडान गरेको भन्दै अबको १५ दिनभित्र वक्यौता रकम नउठे प्रक्रियाअनुसार अघि बढ्ने बताए। यसअघि पनि बक्यौता नतिरेकैका कारण कानुनबमोजिम लाइन काटेको भन्दै उनले अहिले मन्त्रिपरिषदको निर्णयअनुसार अघि बढेको बताए।

ट्रंक तथा डेडिकेटेड विद्युत् महसुल बक्यौताको सम्बन्धमा प्राधिकरणले जारी गरेको बिललाई नियामक निकायले स्वीकृत गरेको अवस्थामा उद्योगीहरूले बक्यौता तिर्नैपर्ने उनको भनाइ छ। उनले अब ट्रंक तथा डेडिकेटेड विद्युत् महसुल दिर्घकालीन रूपमा नै समाधान हुनुपर्ने बताए। ट्रंक तथा डेडिकेटेड विद्युत् महसुसको विषय सरकार, प्राधिकरणमात्रै नभइ आम जनसरोकारको विषय भएको उनले बताए।घिसिङले विभिन्न समस्याका कारण अहिले अन्य विद्युत् महसुल उठाउन पनि समस्या देखिएकाले यसले समग्र प्राधिकरणको आर्थिक प्रणालीमा असर पर्ने उल्लेख गरे। त्यस्तै उनले विद्युत् महसुल तिर्नका लागि आनकानी गर्दै केही उद्योगीहरूले यसलाई राजनीतिकरण गर्न खोजेको आरोप लगाए।

प्रतिक्रिया