February 26, 2025, 6:16 am
» ट्रम्पले विदेशी नागरिकलाई भने- ५० लाख डलर देऊ, अमेरिकी नागरिकता लैजाऊ » गल्छी गुप्तेश्वरीमा ट्याक्टर दुर्घटना, दुई युवकको मृत्यु » पवित्र पाशुपत क्षेत्र नेपालमा रहनु समस्त हिन्दूका लागि गौरवको विषय होः राष्ट्रपति » इन्डोनेसियामा ६.१ म्याग्निच्युडको भूकम्प » जर्मनीमा गाँजामाथि पुनः प्रतिबन्ध लाग्दै, दुई बर्षमा उल्टिदै निर्णय

दीपक मनाङेलाई जेल पठाउन लगियो काठमाडौं अदालत

कार्तिक २७, २०८१ मा प्रकाशित | ८००दर्शक तीव्रखबर

काठमाडौं– गण्डकी प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) लाई जेल पठाउन अदालत लगिँदैछ ।

काठमाडौंको सानोभर्‍याङबाट पक्राउ परेका उनलाई सुरुमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा उपस्थित गराएपछि अब सजाय भुक्तानका लागि जेल पठाउन लागिएको हो ।

कात्तिक २० गते सर्वोच्च अदालतले उच्च अदालत पाटनले गरेको पाँच वर्ष कैद सजायको फैसलालाई सदर गरेपछि मनाङे पक्राउ परेका हुन् । सर्वोच्चले उनलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो । सर्वोच्चको फैसला कार्यान्वयनका लागि उनलाई अहिले काठमाडौं जिल्ला अदालतमा पेश गरिँदैछ ।

केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाका अनुसार उनलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएपछि सजाय भुक्तानका लागि जेल पठाइननेछ ।

२०६१ सालमा मनाङे समूहले अर्का गुण्डा नाइके चक्रे मिलनमाथि तरबार प्रहार गरेको थियो । तत्कालीन पुनरावेदन अदालत पाटनले मनाङेलाई २०६९ सालमा ज्यान मार्ने उद्योगमा ५ वर्ष कैद सजाय सुनाएको थियो ।

उक्त फैसलापछि मनाङे २०७५ साल पुसमा थुनामा गएपछि पुनरावेदन सर्वोच्चमा पुनरावेदन गरेका थिए । सर्वोच्चले २०७५ साल पुस ६ गते धरौटी राखेर थुनामुक्त गर्न आदेश दिएपछि मनाङे जेल बाहिर रहेर मुद्दा लड्दै आएका थिए ।

मुद्दा विचाराधीन रहेकै अवस्थामा मनाङले गण्डकी प्रदेशमा पटकपटक मन्त्री भएका थिए ।

प्रतिक्रिया