February 26, 2025, 6:45 am
» अधिवक्ता धामीलाई ज्यान मार्ने धम्की, दिए प्रशासनमा उजुरी » पठन-पाठन अवरुद्ध गरी कक्षा कोठामा धार्मिक प्रवचन, विधार्थीद्वारा विरोध » केदार घिमिरे अभिनित ‘माग्ने राजा’ को सुटिङ काभ्रेको बल्थलीबाट सुरु » ट्रम्पले विदेशी नागरिकलाई भने- ५० लाख डलर देऊ, अमेरिकी नागरिकता लैजाऊ » गल्छी गुप्तेश्वरीमा ट्याक्टर दुर्घटना, दुई युवकको मृत्यु

वर्तमान सरकारबाट जनताले धेरै अपेक्षा गरेका छन्’ : प्रवक्ता महत

कार्तिक २७, २०८१ मा प्रकाशित | ५९०दर्शक तीव्रखबर

ढोरपाटन (बागलुङ),  नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले वर्तमान सरकारसँग जनताले विकास-निर्माणलगायत जनजीविकाका विषयमा धेरै अपेक्षा गरेका बताउनुभएको छ ।

नेपाली कांग्रेस बागलुङ जिल्ला कार्यसमितिले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाटमा उहाँले सरकारमा सहभागी राजनीतिक दलले जनता केन्द्रित काम गर्नुपर्नेमा जोड दिनुभयो ।

देशमा जति नयाँ पार्टी खुले पनि पुरानै पार्टीले मुलुक परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका उहाँको भनाइ थियो ।

विसं २०४६ को परिवर्तनपछि देशमा विकास निर्माणका कार्यले गति लिएका बताउँदै पूर्वअर्थमन्त्री डा महतले नेपाली कांग्रेस आगामी निर्वाचनमा कुनै पनि राजनीतिक दलसँग गठबन्धन नगरी एक्लै प्रतिस्पर्धामा जानुपर्ने विचार व्यक्त गर्नुभयो ।

“पार्टीको सुदृढीकरणका लागि सम्पूर्ण कार्यकर्ता एकताबद्ध हुनुपर्छ”, उहाँले भन्नुभयो । स्थानीय तहबाटै नेता तथा कार्यकर्ताबीच एकता हुनुपर्नेमा जोड दिँदै उहाँले व्यक्तिभन्दा माथि पार्टीलाई राख्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया