December 26, 2024, 1:16 pm
» एनसेलको सेयर खरिद-बिक्रीविरुद्धको रिट सर्वोच्चले गरिदियो खारेज » नेपालले जलवायु न्याय र क्षतिपूर्तिको आवाजलाई सशक्त रूपमा उठाउनुपर्छ : परराष्ट्रमन्त्री » रास्वपाको सुदूरपश्चिम जिल्ला भेला सम्पन्न » गैँडाको खागसहित एक जना पक्राउ » धान झुल्ने खेतमा कागती पहेँलै, वार्षिक पाँच लाख आम्दानी

भाषिक र सांस्कृतिक अतिक्रमणप्रति सचेत हौँ : मन्त्री गुरुङ

कार्तिक २६, २०८१ मा प्रकाशित | ४९०दर्शक तीव्रखबर

काठमाडौं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जातीय सद्भावमा बलियो शक्ति हुने भएकाले भाषिक र सांस्कृतिक अतिक्रमणप्रति सचेत रहन आग्रह गरेका छन् ।   

राष्ट्रिय विभूति एवं नेपाल संवत्का प्रवर्तक शङ्खधर साख्वाको स्मृति दिवसका अवसरमा पद्मरत्न तुलाधर लुमति गुठीद्धारा सोमबार आयोजित कार्यक्रममा मन्त्री गुरुङले धार्मिक, सांस्कृतिक र जातीय विविधताबीच एकताको महत्वबारेसमेत चर्चा गरे ।

‘जहाँ सांस्कृतिक रुपमा मानिस एकबद्ध छन्, त्यो धेरै शक्तिशाली समाज हो । कसैले त्यो समाजलाई कमजोर बनाउनुछ भने पहिलो चोटी नै उसको संस्कृतिमाथि हमला गर्छ’, उनले भने, ‘राष्ट्रवाद भनेको कुनै सिमामा मात्र खोज्ने कुरा होइन । हाम्रो राष्ट्रियता प्रत्येक जनताको अनुहारमा खोज्नुपर्छ । त्यसैले सबै समुदाय र व्यक्तिले राज्यको स्रोत र शक्तिमा पहुँच भएको महसुस हुनुपर्छ ।’

मन्त्री गुरुङले राष्ट्रिय विभूति साख्वा राष्ट्रिय एकताको प्रतिक भएको उल्लेख गर्दै भाषा संरक्षणको दिगोपनका लागि घरबाटै मातृभाषाको अभ्यासलाई निरन्रता दिनुपर्नेमा जोड दिए।

प्रतिक्रिया