February 26, 2025, 6:37 am
» अधिवक्ता धामीलाई ज्यान मार्ने धम्की, दिए प्रशासनमा उजुरी » पठन-पाठन अवरुद्ध गरी कक्षा कोठामा धार्मिक प्रवचन, विधार्थीद्वारा विरोध » केदार घिमिरे अभिनित ‘माग्ने राजा’ को सुटिङ काभ्रेको बल्थलीबाट सुरु » ट्रम्पले विदेशी नागरिकलाई भने- ५० लाख डलर देऊ, अमेरिकी नागरिकता लैजाऊ » गल्छी गुप्तेश्वरीमा ट्याक्टर दुर्घटना, दुई युवकको मृत्यु

आर्थिक सुधारका काम हुँदैछ : प्रधानमन्त्री

कार्तिक २६, २०८१ मा प्रकाशित | ४८०दर्शक तीव्रखबर

विराटनगर– प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको आर्थिक सुधार र संविधान संशोधनको विषयमा आवश्यक छलफल भइरहेको बताएका छन्।

विराटनगर विमानस्थलको अतिविशिष्ट कक्षबाट बाहिरिने क्रममा उनले सो अत्यन्त छोटो प्रतिक्रिया दिए। उनी समयको व्यस्तता र अभावका कारण पत्रकारहरूसँग पछि कुरा गर्ने पनि जनाए।

सो अवसरमा प्रधानमन्त्री ओलीलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेश कमिटीका इन्चार्ज एवं पूर्वमुख्यमन्त्री शेरधन राई, सो पार्टीका प्रदेश अध्यक्ष घनश्याम खतिवडा, मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, सुरक्षा निकायका प्रमुखहरू, पार्टीका उच्चपदस्थ पदाधिकारीहरू एवं कार्यकर्ताहरूले भव्य स्वागत गरेका थिए।

प्रधानमन्त्री ओली बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानद्वारा आयोजना हुने १३औँ दीक्षान्त समारोहको अध्यक्षता ग्रहण गरेका हुन् ।

प्रतिक्रिया