December 26, 2024, 1:14 pm
» एनसेलको सेयर खरिद-बिक्रीविरुद्धको रिट सर्वोच्चले गरिदियो खारेज » नेपालले जलवायु न्याय र क्षतिपूर्तिको आवाजलाई सशक्त रूपमा उठाउनुपर्छ : परराष्ट्रमन्त्री » रास्वपाको सुदूरपश्चिम जिल्ला भेला सम्पन्न » गैँडाको खागसहित एक जना पक्राउ » धान झुल्ने खेतमा कागती पहेँलै, वार्षिक पाँच लाख आम्दानी

माओवादी केन्द्रले पौष २ गतेका लागि बोलायो केन्द्रीय समिति बैठक

कार्तिक २६, २०८१ मा प्रकाशित | ८००दर्शक तीव्रखबर

काठमाडौं : नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति बैठक पौषमा गर्ने भएको छ। सोमबार बसेको पदाधिकारी बैठकले पुस २ देखि ७ गतेसम्म केन्द्रीय समिति बैठक गर्ने निर्णय गरेको उपाध्यक्ष एवम् प्रवक्ता अग्नी सापकोटाले जानकारी दिए।

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक उपनिर्वाचन अघि नबस्ने निर्णय गरेको हो। सत्ताबाट बाहिरिएपछि सबै प्रदेशमा परामर्श समितिको बैठक र छलफल गरेको माओवादी केन्द्रले छठ लगत्तै केन्द्रीय कमिटीको बैठक बस्ने तयारी गरेपछि पौषमा तय भएको छ। बैठकको तयारीका लागि मंसिर ३ गते पदाधिकारी बैठक बोलाएको छ।

माओवादीले मंसिरमा पालिका सम्मेलन गर्ने भएको छ।

प्रतिक्रिया