February 26, 2025, 6:16 am
» ट्रम्पले विदेशी नागरिकलाई भने- ५० लाख डलर देऊ, अमेरिकी नागरिकता लैजाऊ » गल्छी गुप्तेश्वरीमा ट्याक्टर दुर्घटना, दुई युवकको मृत्यु » पवित्र पाशुपत क्षेत्र नेपालमा रहनु समस्त हिन्दूका लागि गौरवको विषय होः राष्ट्रपति » इन्डोनेसियामा ६.१ म्याग्निच्युडको भूकम्प » जर्मनीमा गाँजामाथि पुनः प्रतिबन्ध लाग्दै, दुई बर्षमा उल्टिदै निर्णय

पैसा नतिरेर लाइन काटिएका उद्योगहरूमा आज १२ बजेभित्रमा बिजुली जोड्ने मन्त्रिपरिषदको निर्णय

कार्तिक २६, २०८१ मा प्रकाशित | ९९०दर्शक तीव्रखबर

काठमाडौं : पैसा नतिरेर लाइन काटिएका उद्योगहरूमा आज  १२ बजेभित्रमा बिजुली जोड्ने मन्त्रिपरिषदले निर्णय गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले आज १२ बजेभित्रमा लाइन काटिएका उद्योगहरूमा बिजुली जोड्ने निर्णय गरेको हो। सरकारले दुई दर्जनभन्दा बढी उद्योगमा पैसा नतिरेको भन्दै बिजुलीको लाइन काटेको थियो। यस्तै मन्त्रिपरिषदले लाल आयोगले तयार गरेको प्रतिवेदन समेत सार्वजनिक गर्ने निर्णय गरेको एक मन्त्रीले बताए।

सरकारले उद्योग व्यवसायी र नेपाल विद्युत प्राधिकरणबीच डेडिकेटेड ट्रंक लाइन सम्बन्धी विवाद समाधान गर्न पूर्व न्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा आयोग गठन गरेको थियो।

उक्त लाल आयोग सार्वजनिक नभएको भन्दै आलोचना भइरहेका बेला आइतबार बसेको मन्त्रिपरिषद बैठकले उक्त प्रतिवेदन कार्यान्वयनमा लैजाने गरी सार्वजनिक गरेको हो। डेडिकेटेड र  ट्रंक लाइनवापतको उद्योगहरूबाट टीओडी मिटरअनुसार १५ दिन भित्रमा बक्यौता असुल गर्ने पनि मन्त्रिपरिषदले निर्णय गरेको छ।

गत पुस २४ गते गठन भएको आयोगले गत वैशाख २३ गते मन्त्रालयलाई प्रतिवेदन बुझाएको थियो। त्यसपछि मन्त्रालयले स्वीकृतिका लागि मन्त्रिपरिषद् पठाएको थियो।

प्रतिक्रिया