January 22, 2025, 1:57 pm
» जापानमा बर्ड फ्लुको सङ्क्रमणमा वृद्धि » राजेश पायल र शलोनीको ‘कलेजकी सुन्दरी’ सार्वजनिक » रविको बयान सकियो, थुनछेक बहस आज नहुने » नागरिकमा आशा जगाउने काम गरिरहेका छौँः उपप्रधानमन्त्री सिंह » NEPSE up by 52.36 Points; trading volume hits Rs 9.20 billion

आइतबार विश्वासको मत लिने प्रधानमन्त्रीको तयारी

साउन २, २०८१ मा प्रकाशित | १३००दर्शक तीव्रखबर

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने तयारी गरेका छन्। गत आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले साउन ६ गते आइतबार विश्वासको मत लिने तयारी गरेका हुन्।

एमालेका एक नेताका अनुसार प्रधानमन्त्री ओलीले आगामी आइतबार विश्वासको मत लिनका लागि सभामुख देवराज घिमिरेलाई मौखिक जानकारी गराएका छन्। छिट्टै संसद सचिवालयलाई पनि पत्रमार्फत जानकारी दिने ती नेताको भनाइ छ।

स्रोतका अनुसार आगामी आइतबार विश्वासको मत लिनेगरी तयारी गर्न प्रधानमन्त्रीले सभामुख घिमिरेलाई भनेका छन्। प्रधानमन्त्री निकट एमालेका एक नेताले अन्नपूर्णसँग भने, ‘प्रधानमन्त्रीज्युले आइतबार विश्वासको मत लिने तयारी गर्नुभएको छ। निर्णयमा तलमाथि नभए सोही दिन विश्वासको मत लिनुहुन्छ।’

संसदको ठूलो दल नेपाली कांग्रेसको समर्थनमा एमाले अध्यक्ष ओलीले असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए। उनले साउन ३२ गते सपथग्रहण गर्दै २२ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए। उनले कांग्रेससँगै जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीलाई पनि सरकारमा सहभागी गराएका छन्। सरकारमा कांग्रेसका १०, एमालेका ८, जनता समाजवादी पार्टीका २ र लोकतान्त्रिक समाजवादी पार्टीका एक मन्त्री सहभागी छन्।

प्रतिक्रिया