January 28, 2025, 3:03 am
» केराको बोक्रा नफाल्नुहोस, यसले दिन्छ छालालाई आश्चर्यजनक फाइदा » संसद अधिवेसनको तयारी तिब्र, आज कार्यब्यवस्थाको बैठक बस्दैँ » संसदका दुइ समितिको बैठक बस्दैँ » समाजवादी मोर्चाको बृहत अन्तर्क्रिया कार्यक्रम आज » आजको मौसमः तराईमा लागेको हुस्सु र कुहिरो मध्याह्न पछि हटने

‘पूर्ण बहादुरको सारङ्गी’ले सात दिनमा कमायो आठ करोड २५ लाख

कार्तिक २२, २०८१ मा प्रकाशित | १०४०दर्शक तीव्रखबर

चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले सात दिनमा आठ करोड २५ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ । वितरक कम्पनी ब्यांकटेस इन्टरटेन्मेन्टका अनुसार चलचित्रले बिहीबारसम्म आठ करोड २५ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ । ‘पूर्ण बहादुरको सारङ्गी’ आज (बिहीबार) देशभरका ८१ वटा हलका ३८९ भन्दा बढी शोमा प्रदर्शन भइरहेको छ । जुन अहिलेसम्मको सबैभन्दा बढी शो पाउने चलचित्र बनेको छ । यसअघि ‘बेहुली फ्रम मेघौली’ले ३४० शो पाएको थियो ।

‘पूर्ण बहादुरको सारङ्गी’ एक करोड ३० लाख रुपैयाँमा निर्माण भएको हो । चलचित्रले आक्रामक कलेक्सन गरिरहेको छ ।सरोज पौडेलले निर्देशन गरेको चलचित्रमा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइलीलगायत कलाकारको मुख्य भूमिका छ । चलचित्रमा संवाद महेश दवाडीले लेखेका छन् । निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन् । कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल छन् ।

प्रतिक्रिया