December 4, 2024, 9:04 am
» नेपाल चिनियाँ लगानी भित्र्याउन तयार : प्रधानमन्त्री ओली » विराटनगरलाई लुम्बिनीले दियो एनपीएलकै उच्च १९२ रनको चुनौती » एनपीएलको तेस्रो खेलमा सन्दीपको पहिलो विकेट » काठमाडौँको टुँडिखेलमा एक जना मृत भेटिए » Nepal, China sign BRI Cooperation Framework

सीआईबीको डीएसपी भन्दै ठग्दै, उजुरीपछि परे पक्राउ

साउन २, २०८१ मा प्रकाशित | ५७०दर्शक तीव्रखबर

नेपालगञ्ज । नेपाल प्रहरीको नायव उपरीक्षक (डीएसपी) बताउँदै ठगी गर्ने गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । डीएसपी हुँ भन्दै ठगी गर्दै आएका दैलेखको नारायण नगरपालिका–५ बस्ने ३० वर्षीय नैनसिंह विकलाई मंगलबार कोहलपुर नगरपालिका–११ बाट नियन्त्रणमा लिइएको हो ।

उनीमाथि विगत तीन महिनादेखि बाँकेका विभिन्न सरकारी कार्यालयहरूमा गई आफू सीआईबीको डीएसपी नवीन शाही हुँ भन्दै कार्यालय प्रमुख र अन्य कर्मचारीहरूलाई भेट्ने, कुराकानी गर्ने र सर्वसाधारणलाई ठगी गर्ने गरेको अभियोग छ ।

उनले केही व्यक्तिलाई धम्काएर ठगी गरेको सूचना प्रहरीले पाएको छ । बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले विकका विषयमा केही उजुरी परेकाले पक्राउ गरिएको र अनुसन्धान जारी रहेको बताए ।विकले ठगी गरेको भए इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेमा जानकारी गराउन तथा सम्पर्क गर्न सरोकारवालालाई प्रहरीले आग्रहसमेत गरेको छ ।

प्रतिक्रिया