January 13, 2025, 6:44 pm
» माइती नेपालमा प्रधानमन्त्री, एक करोड सहयोग गर्ने घोषणा » राष्ट्रपति पौडेलले जारी गरे ४ अध्यादेश, एक अझै बाँकी » नागरिक लगानी कोषको ३० औ साधारणसभा सम्पन्न » थुनछेक बहस नकसकिए पछि रबि लामिछाने आज पनि हिरासतमै रहने » Historic Gharapjhong Fort turning into ruins

ठगी गरेर प्रेमी सुजनसँगै फरार बिनु कम्बोडियामा पक्राउ, नेपाल ल्याइयो

कार्तिक १९, २०८१ मा प्रकाशित | १६६०दर्शक तीव्रखबर

काठमाडौं- आफूलाई पत्रकार बताउने सुजन आचार्य पक्राउ परेका डेढ सातापछि उनकी प्रेमिकालाई पनि प्रहरीले कम्बोडियाबाट नेपाल ल्याएको छ।

एक पटक लुटपाट अभियोगमा पक्राउ परेर जेल पुगिसकेका सुजनलाई गत कात्तिक ९ मै इन्टरपोलको सहयोगमा कम्बोडियाबाट ल्याइसकेको अवस्थामा उनकी प्रेमिका प्रहरीको फन्दामा परेकी हुन् ।

यी दुवैजनाविरूद्ध वैदेशिक रोजगारी ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएको थियो । सुजन उदयपुरको त्रियुगा नगरपालिका–१० निवासी हुन् भने बिनु सिन्धुपाल्चोकको मान्खा निवासी हुन् । उनी बेली डान्सरका रुपमा चर्चित थिइन् ।

यी दुवैजनालाई इन्टरपोल र कम्बोडिया प्रहरीको समन्वयमा पक्राउ गरी नेपाल ल्याइएको हो ।वैदेशिक रोजगारीमा सिंगापुर पठाइदिन्छु भनेर सुजनले ४० जनाभन्दा बढी व्यक्तिहरूबाट ५ करोड २ लाख ९४ हजार रूपैयाँ ठगेर विदेशतिर लुकेका थिए । ठगीमा उनलाई बिनुले पनि साथ दिएकी थिइन् ।

सुनजपछि बिनुलाई कम्बोडियाको नेशनल सेन्ट्रल ब्युरो (एनसीबी) नोहम्पेनको समन्वयमा पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

उनलाई कम्बोडियाबाट आइतबार नेपाल फिर्ता ल्याइएको हो । बिनुलाई पनि सुजलाई जस्तै वैदेशिक रोजगारीमा सिंगापुर पठाइदिन्छु भनी ४० जनाभन्दा बढी व्यक्तिहरूबाट ५ करोड २ लाख ९४ हजार रूपैयाँ ठगी गरेको आरोप छ।

उनीहरू दुवै जनालाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवम् पक्राउ गर्न प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागअन्तर्गत इन्टरपोल शाखामा अनुरोध भएको थियो। त्यसपछि २०८० माघ १९ गते रेड नोटिस जारी भएको थियो ।

सुजन र बिनु दुवैजनालाई असोज १ गते कम्बोडियाबाट पक्राउ गरिएको थियो। सुजनलाई कात्तिक ९ गते नेपाल फिर्ता ल्याइसकिएको छ ।

बिनुलाई सम्बन्धित कसुरमा कानुनबमोजिम कारबाही गराउन प्रहरी वृत्त, कालिमाटीमा बुझाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया