काठमाडौं, । राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव सुशील शमशेर जबराको ९१ बर्षको उमेरमा शुक्रवार निधन भएको छ ।
राणाको आज नै पशुपति आर्यघाटमा अन्तिम श्रद्धान्जली सहित दाहसस्कार भएको छ ।
श्रद्धान्जलीमा राष्ट्रिय खेलकुद परिषद्का विभागीय प्रमुखहरु प्रेम बहादुर मल्ल, सरोज पोखरेल लगायत कर्मचाहरुको उपस्थिति थियो ।
राष्ट्रिय खेलकुद परिषद्को दोस्रो सदस्य सचिवका रुपमा राणाले ६ बर्ष सम्म नेपाली खेलकुदका लागि योगदान गर्नुभएको थियो ।
२०१७ साल देखि २०२४ साल सम्म राणा परिषद्को सदस्य सचिव हुनु भएको थियो ।
नेपाल व्याडमिन्टन संघको सस्थापक अध्यक्ष हुनु हुन्थ्यो भने हाल आजीवन मानर्थ अध्यक्ष रहनु भएको संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठले जानकारी दिनु भएको छ ।
राणाको निधन प्रति राष्ट्रिय खेलकुद परिषद्ले दुख व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदान व्यक्त गरेको छ ।
प्रतिक्रिया