January 16, 2025, 6:41 am
» प्रदेश मन्त्रीले गैरजिम्मेवार अभिव्यक्ति दिएको बालेन शाहकाे भनाइ » बढ्यो सुन-चाँदीको भाउ » हमास इजरायल बिचका युद्दबिराम पछि दुवै देशमा जनस्तरवाट स्वागत » बंगलादेश-पाकिस्तानसँग नजिक हुने क्रम जारी, गरे रक्षा सम्झौता » प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो

सहकारीको रकम हिनामिनामा दोषी देखिएकाहरूमाथि कारबाही प्रक्रिया सुरु

अशोज ३०, २०८१ मा प्रकाशित | ७५०दर्शक तीव्रखबर

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी छानबिन समितिको प्रतिवेदन अनुसार दोषीमाथि कारवाहीको प्रक्रिया सुरु भइसकेको बताएका छन्।

बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री गुरुङले प्रतिवेदनले दोषी देखाएका निकाय र व्यक्तिमाथि कारबाही गर्न सम्बन्धित मन्त्रालयलाई लेखिपठाइसकेको बताएका हुन्।

उनले वर्तमान सरकारले सहकारी पीडित जनतालाई न्याय दिएरै छाड्ने प्रतिबद्धता जनाए । त्यस्तै मन्त्री गुरुङले उखु किसान र दुग्ध किसानको बक्यौता भुक्तानीका लागि पनि सरकारले आवश्यक सहजीकरण गरेको जिकिर गरेका छन्

जनताको समस्याप्रति संवेदनशील बन्नका लागि वर्तमान सरकार बनेको उनको भनाइ छ । उनले सरकारको स्थीरताका लागि ठूला दुई दल मिल्नुपरेको धारणा राखेका छन्।

उनले वर्तमान सरकार गठन भएपछि मुलुकको आर्थिक अवस्था सुदृढ हुँदै गएको दाबी गरे । यसअघिको सरकारले निर्माण व्यवसायीको भुक्तानी गर्न बाँकी रकम अहिलेको सरकारले क्रमशः भुक्तानी गर्दै जाने उनले बताए।

प्रतिक्रिया