October 18, 2024, 8:46 am
» Opposition parties to submit memo to government » पर्यटकको पर्खाइमा भोजपुरको छाँगे झरना » सुनको मूल्य प्रति आउन्स दुई हजार ७०० डलरभन्दा माथि » दाङमा टिप्पर दुर्घटना, चालकको मृत्यु » Gold price reaches all-time high, trading at Rs 164,400 per tola

मकवानपुरमा तीन वटा सवारी ठोक्किए, ६ जनाको अवस्था गम्भीर

अशोज २४, २०८१ मा प्रकाशित | ४७०दर्शक तीव्रखबर

मकवानपुर : मकवानपुरमा तीन वटा सवारी एक आपसमा ठोक्किँदा २८ जना घाइते भएका छन्।

भीम फेदी गाउँपालिका वडा नम्बर ४ गोल्फिनबेसीमा काठमाडौँबाट जनकपुर जाँदै गरेको बा ३ख २७२३ नम्बरको मिनिबस र हेटौँडाबाट काठमाडौँ जाँदै गरेको बा २ ज ९८३ नम्बरको ट्याक्सी ठोक्किएर दुर्घटना भएको थियो।

बा २ ज ८० नम्बरको अर्को ट्याक्सी पनि दुर्घटनामा परेका सवारीसँग ठोक्किएको प्रहरीले जनाएको छ। घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको मकवानपुर प्रहरी प्रवक्ता श्याम अर्यालले जानकारी दिए। उनका अनुसार, गम्भीर घाइते ६सहित आठ जनालाई थप उपचारका लागि चितवन पठाइएको छ।

प्रतिक्रिया