October 16, 2024, 8:56 am
» प्रहरी समायोजन नहुँदा समस्या भयो : मुख्यमन्त्री पाण्डे » पन्ध्र दिनभित्र खानेपानी सेवा पुनःसञ्चालनमा आउँछ : मन्त्री यादव » यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर » मातातिर्थमा कार्तिक २ देखि १५ गतेसम्म व्यापार महोत्सव सञ्चालन हुने » एम्बाप्पेमाथि बलात्कारको आरोप !

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

अशोज २२, २०८१ मा प्रकाशित | ६००दर्शक तीव्रखबर

दमौली (तनहुँ),  : यहाँको भानु नगरपालिका-१ बोटेगाउँमा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ परेका छन् । स्थानीय ३६ वर्षीया पूर्णमाया बोटेको हत्या आरोपमा प्रहरीले उनका श्रीमान ४० वर्षीय पञ्चबहादुर बोटेलाई आज पक्राउ गरेको हो ।

सोमबार राति पत्नीको हत्या गरी फरार भएको आरोप लागेका बोटेलाई आज गोरखाको पालुङटार नगरपालिका-७ बिरुवाटारबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पञ्चबहादुरले श्रीमतीको घाँटी डोरीले कसेर हत्या गरेको आशङ्कामा प्रहरीले खोजतलास गरेको थियो । पञ्चबहादुरले छिमेकी बुहारीलाई आफ्नो श्रीमतीको मृत्यु भयो भनी घरको साँचो फालेर भागेको प्रहरीले जनाएको छ ।

छिमेकीले प्रहरीलाई खबर गरी ढोका खोलेर हेर्दा पूर्णमायाको शव भेटिएको थियो । मृतकको घाँटीमा निलडाम रहेको र नजिकै डोरी भेटिएको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणका लागि दमौली अस्पताल पठाइएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया