October 18, 2024, 8:44 am
» Opposition parties to submit memo to government » पर्यटकको पर्खाइमा भोजपुरको छाँगे झरना » सुनको मूल्य प्रति आउन्स दुई हजार ७०० डलरभन्दा माथि » दाङमा टिप्पर दुर्घटना, चालकको मृत्यु » Gold price reaches all-time high, trading at Rs 164,400 per tola

फूलपातीमा नेपाल एयरलाइन्सले ७ हजारमै काठमाडौं-भैरहवा उडान गर्ने

अशोज २१, २०८१ मा प्रकाशित | ५३०दर्शक तीव्रखबर

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले काठमाडौं-भैरहवा उडान गर्ने भएको छ ।बाढीपहिरोपछि काठमाडौंबाट भैरहवा र त्यहाँबाट अन्य गन्तव्यमा जाने यात्रुहरुको सहजताका लागि नेपाल एअरलाइन्सले असोज २४ गते फुलपातीका दिन उडान गर्ने भएको हो ।सो दिन नेपाल एअरलाइन्सको आ.ए-१७३३ ले काठमाडौंबाट भैरहवा र आर.ए-१७४३ को जहाजले भैरहवाबाट काठमाडौं उडान गर्ने भएको हो । काठमाडौंदेखि भैरहवासम्म बिहान ११ बजे र भैरहवादेखि काठमाडौंसम्म मध्यान्न साढे १२ बजे उडान हुनेछ । ३० केजीसम्मको लगेज चार्ज नलाग्ने नेपाल एअरलाइन्सले जनाएको छ ।

साथै काठमाडौंदेखि भैरहवा जाने यात्रुहरुको भाडा ७ हजार र भैरहवादेखि काठमाडौंसम्म आउने यात्रुहरुको भाडा ३ हजार ८ सय ९० रहेको जनाइएको छ ।

यात्रुहरुले निमगको आन्तरिक बिक्री कार्यालय, निगमको वेबसाइट वा अनलाइनबाट टिकेट लिन सक्नेछन् ।

अन्य एयरलाइन्सहरुको सबै टिकट बिक्री भइसकेको छ भने अन्य एयरलाइन्सहरुले औषतमा प्रति फ्लाइट १० हजारका दरले उठाएका थिए ।

प्रतिक्रिया