November 15, 2024, 4:41 am
» दैलेखका किसान ‘गुणे’ धानमा अधिक आकर्षित » फोहोरमा राजनीति गर्ने-गराउने दिन सकिए, दिगो व्यवस्थापन गर्छौं : बालेन » दार्चुलामा जिप दुर्घटना : मृतकको सङ्ख्या सात पुग्यो » शुक्रबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर » देशका अधिकांश भागमा आज मौसम सफा रहने

गोकर्णेश्वर नगरपालिकाको बेरुजु घट्यो, सुशासन र समृद्धिमा फड्को

अशोज २१, २०८१ मा प्रकाशित | ५५०दर्शक तीव्रखबर

सि.के. चाैलागाईं

काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले आफ्नो बेरुजुलाई समेत घटाउँदै लगेको छ । अघिल्लो वर्षको तुलनामा ०.५९ प्रतिशतले बेरुजु घटाउन सफल भएको गोकर्णेश्वर नगरपालिका सामान्य प्रशासन मन्त्रालयले गरेको मुल्याङ्कनका आधारमा पनि राम्रो देखिन्छ । साथै उक्त नगरपालिकाकाले आफ्नो अन्य गतिविधीलाई समेत प्रभावकारी बनाउँदै लगेको छ ।

उपत्यकाको उत्तरपुर्वमा अवस्थित ५८.५० वर्ग कि.मी क्षेत्रफल् ओगटेको गोकर्णेश्वर नगरपालिका नेपाल सरकारको २०७१ मङ्सिर १६ गतेको स्थानीय तहको पुर्नसंरचनाको निर्णयबाट साबिक सुन्दरीजल, नयाँपाटी, बालुवा, गोकर्ण र जोरपाटी गाविसहरुलाई समेटी स्थापना भएको नगरपालिका हो ।

यस नगरपालिकाको नामांकन हाल वडा नम्बर४ मा अवस्थित गोकर्णेश्वर महादेव मन्दिरको नामबाट भएको हो । यस नगरपालिका अन्तर्गत ९ वटा वडाहरु रहेका छन् । गोकर्णेश्वर नगरपालिका आफैमा भौगोलिक, धार्मिक, साँस्कृतिक, प्राकृतिक रुपमा सुन्दर नगरपालिका हो । स्थानीय सरकारको आधार बनेपछि गोकर्णेश्वर नगरपालिकाले शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि , रोजगार, भौतिक संरचना, न्यायिक क्षेत्र लगायत क्षेत्रहरुमा उल्लेखनिय कार्यहरु गरिरहेको छ ।

नगरपालिकाले पर्यटन क्षेत्रमा हरेक वर्ष तारेभीर पर्यटन महोत्सव गरेर स्थानीय कला सस्कृति तथा उत्पादनलाई समेत प्रवद्र्धन गर्दै आइरहेको छ । गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दिपक कुमार रिसाल र गोकर्णेश्वर नगरपालिकाको तस्बिर सर्वोच्च शिखर सगरमाथामा समेत राखिएको छ ।

गोकर्णेश्वर नगरपालिका वडा९८ का हिमाल आरोही दावा फिंजोक शेर्पा र गोकर्णेश्वर नगरपालिका वडा९५ का वडा सदस्य धर्म थिंङ लामाको जीवन संगिनी छिरिङ शेर्पाले संयुक्त रुपमा सफलता पूर्वक सगरमाथा आरोहण गर्ने क्रममा रिसाल र नगरपालिकाको तस्बिर सगरमाथाको चुचुरोमा पुर्याएर राखेका हुन् ।

नगर प्रमुख दिपक रिसाल सगरमाथा आरोहणमा देखिएका चुनौती र चापलाई व्यवस्थित र मर्यादित बनाउन नगरपालिकाको तर्फबाट उचित पहल गर्ने र नगरभित्रका आरोहीहरुलाई सम्मान र प्रोत्साहन दिने मेयरका रुपमा समेत चिनिएका छन् । हिमाल आरोही शेर्पा द्वयले नगर प्रमुख रिसाल र नगरपालिकाको तस्बिर सर्वोच्च शिखर सगरमाथामा राख्दा नगरको गरिमा र पर्यटन क्षत्रको महत्वलाई समेत उजागर गर्न सघाएको छ ।

त्यस्तै गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपक कुमार रिसालले लामो समयदेखि गोकर्णेश्वरका जनतालाई सहज रुपमा पानी वितरण गर्ने कार्यमा लगातार पहल तथा योजनाहरु निर्माण गरिरहेका छन् । नगरबासीले शुद्ध खानेपानी पिउन पाउनु पर्ने नगरपालिकाको पहिलो प्राथमिकता रहेको र सोहि अनुसार मेलम्ची र सुन्दरीजलको पानी वितरणमा यस नगरलाई प्राथमिकतामा राख्दै मेयर रिसाल निरन्तर लागि रहेका छन् ।

रिसालकै पहलमा गोकर्णेश्वर नगरपालिका भित्र दैनिक ३० लाख लिटर फोहोरपानी र १० हजार लिटर दिसाजन्य लेदो प्रशोधन गर्न मिल्ने फोहोरपानी प्रशोधन केन्द्रको शिलान्यास समेत भइसकेको छ । उक्त योजना आगामी एक वर्ष भित्र सम्पन्न गर्ने गरी निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको आयोजना कार्यान्वयन निर्देशनालयले जानकारी दिएको छ ।

योजना सम्पन्न भएमा दिसाजन्य लेदो समेत प्रशोधन गर्न मिल्ने गरी निर्माण हुने नेपालकै पहिलो फोहोरपानी प्रशोधन केन्द्र हुने छ ।

गोकर्णेश्वर नगरपालिकाको शिक्षा क्षेत्रमा पनि उल्लेखनिय कामहरु भएका छन् । मेयर रिसालले स्थानीय पाठ्यक्रममा आधारित भिडियो सामग्री सञ्चालनमा ल्याएका छन् । विद्यार्थीको ज्ञान, सीप र क्षमता थप विकास गर्ने उद्देश्यले कक्षा एकको स्थानीय पाठ्यक्रमको भिडियो सामग्री सञ्चालनमा आएसँगै डिजिटल पाठ्यक्रम संचालनमा गोकर्णेश्वर नगरपालिका नेपालकै पहिलो नगरपालिका बनेको छ ।

शिक्षा क्षेत्रलाई प्रभावकारी बनाउन नगरपालिकाले शिक्षा सम्बन्धी बिभिन्न कार्यकमहरु सञ्चालन गर्दै आएको छ । शैक्षिक गुणस्तर उकास्न नगरले आधुनिक शिक्षा प्रणालिलाई प्राथमिकतामा राखेर योजनाहरु निर्माण संगै कार्यन्वयन गर्दै आएको छ ।

नगर प्रमुख रिसालको योजनामा गोकर्णेश्वर नरपालिकाले कृषि क्षेत्रमा पनि निकै प्रभावकारी कार्यहरु गरि सकेको छ । नगर भित्रका कृषि भुमिलाई पकट क्षेत्र घोषणा गरि कृषिमा आधुनिकीकारण गर्ने योजना अनुरुप काम भइरहेको छ ।

पछिल्लो समय विदेशको सिप र विकासलाई स्थानीय माटोमा जोड्न वैदेशिक रोजगारीबाट फर्किएका युवाहरु पनि आधुनिक कृषि कर्ममा आकर्षित हुन थालेकाले कृषिलाई नाफाघाटाको व्यवसाय बनाउँनु पर्नेमा यस नगरपालिकाका मेयर दिपक कुमार रिसालको जोड रकेको छ । मेयर रिसालले किसानका समस्यालाई बुझेर कृषि बिमा योजना ल्याउने तयारी थालेका छन।

गोकर्णेश्वर नगरपालिकाले सुशासनका क्षेत्रमा पनि निकै प्रभावकारी तरिकाले कार्य सम्पादन गर्दै आइरहेको छ । गोकर्णेश्वर नगरपालिका यस वर्षको सुशासन एवम् समृद्धि पुरस्कारबाट पनि सम्मानित भएको छ ।

गोकर्णेश्वर नगरपालिकाले स्थानीय सरकार संस्थागत क्षमता स्व९मुल्याङ्कन प्रणाली (लिजा)मा ७१.५ प्रतिशत अंकभार प्राप्त गरेको छ भने स्थानीय सरकार वित्तिय सुशासन जोखिम मुल्याङ्कन एफआरए मा ५७ अंकभार सहित उत्कृष्ठ नगरपालिका बनेको छ ।

नगरपालिकाले आफ्नो बेरुजुलाई समेत घटाउँदै लगेको छ । अघिल्लो वर्षको तुलनामा ०.५९ प्रतिशतले बेरुजु घटाउन सफल भएको गोकर्णेश्वर नगरपालिका सामान्य प्रशासन मन्त्रालयले गरेको मुल्याङ्कनका आधारमा पनि राम्रो देखिन्छ ।

गोकर्णेश्वर नगरपालिका उत्कृष्ट नगरपालिकाहरु मध्यमा पर्छ । जसका कारण गोकर्णेश्वर नगरपालिका विभिन्न विद्यामा सम्मानीत भइरहेको छ । नगरपालिकाले नगरवासीहरुलाई मध्यनजर गर्दै विभिन्न क्षेत्रमा आफ्नो कार्य गरिरहेको र एक पछि अर्का सफलताहरु प्राप्त गरिरहेको छ ।

गोकर्णेश्वर नगरपालिकाले स्थानीय सरकार संस्थागत क्षमता स्वमुल्याङ्कन प्रणाली लिजा र स्थानीय सरकार वित्तिय सुशासन जोखिम मुल्याङ्कन एफआरए मा प्राप्त गरेको अंकभावारे थुप्रै सार्वजनिक कार्यक्रमहरुमा चर्चा हुने गरेको छ ।

प्रतिक्रिया