December 26, 2024, 1:32 am
» गाजामा युद्धविरामको सम्झौतामा इजरायलको ‘नयाँ’ सर्तहरूले ढिलाइ गर्यो- हमास » बालकोट हत्या प्रकरण : स्कुटरको लाइसेन्स लिन आएका कुलप्रसाद परीक्षा नदिई अस्ताए » बाँकेमा कुपोषित बालबालिका भेटिए » ‘सहकारी ठगीमा संलग्न जो कोहीलाई छोड्दैनौँ’ » काठमाडौं आइपुगे सोनु निगम, हायातको चौरमा कन्सर्ट हुँदै

बाढीपहिरो अपडेट : अहिलेसम्म २४४ जनाको मृत्यु, १९ बेपत्ता

अशोज २०, २०८१ मा प्रकाशित | ४९०दर्शक तीव्रखबर

काठमाडौं- यही असोज ११ र १२ गते परेको अविरल वर्षासँगै आएको बाढीपहिरामा परेर मृत्यु हुनेको संख्या २४४ पुगेको छ ।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार विपद घटनामा १९ जना बेपत्ता भएका छन् भने १७९ जना घाइते भएका छन् ।

बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार १७४ जनाको उद्धार गरिएको छ भने सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मतसम्भार गरी यातायातका साधन सञ्चालनको प्रयास जारी छ ।

प्रवक्ता तिवारीले बाढीपहिरो पीडितको विवरण सङ्कलन स्थानीयस्तरबाट भइरहेको बताए । विवरण प्राप्त भएपछि अस्थायी आवासका निम्ति सरकारले प्रदान गर्ने सहायता रकम वितरण हुने उनको भनाइ छ ।

सरकारले जिल्ला विपद् व्यवस्थापन कोषमार्फत प्रतिमृतक दुई लाखका दरले निजका परिवारलाई सहायता रकम उपलब्ध गराएको छ । हालसम्म त्यस्तो सहायता एक सय ६० परिवारले पाइसकेका छन् ।

बाढीपहिरामा परेर सबैभन्दा बढी काभ्रेपलाञ्चोकमा ७२ जनाको मृत्यु भएको छ भने त्यहाँ हालसम्म ५९ मृतकका आफन्तलाई आर्थिक सहयोग प्रदान गरिएको प्रवक्ता तिवारीले जानकारी दिए ।

प्रतिक्रिया