October 18, 2024, 8:52 am
» Opposition parties to submit memo to government » पर्यटकको पर्खाइमा भोजपुरको छाँगे झरना » सुनको मूल्य प्रति आउन्स दुई हजार ७०० डलरभन्दा माथि » दाङमा टिप्पर दुर्घटना, चालकको मृत्यु » Gold price reaches all-time high, trading at Rs 164,400 per tola

सिन्धुलीमा माइक्रोबस दुर्घटना, चालकसहित १५ जना घाइते

अशोज १८, २०८१ मा प्रकाशित | ५५०दर्शक तीव्रखबर

सिन्धुली- काठमाडौंबाट विराटनगरका लागि छुटेको एउटा माइक्रोबस सिन्धुलीका माइक्रोबस दुर्घटना हुँदा १५ यात्रु घाइते भएका छन्।

काठमाडौंबाट विराटनगर हिँडेको बा५ख६६१८ नम्बरको माइक्रोबस बीपी राजमार्गको कमलामाई नगरपालिका-८ सिस्नेरीमा दुर्घटना हुँदा चालकसहित १५ जना घाइते भएका हुन् ।

माइक्रोबस अनियन्त्रित भई नालीमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्दराज काफ्लेले बताए । उनका अनुसार घाइतेहरूको सिन्धुली अस्पतालमा उपचार हुँदैछ ।

दुर्घटनामा मोरङको सुन्दरहरैँचा नगरपालिका -९ का अनुज सुन्दास, सुन्दरहरैँचा -१९ का प्रकाश उप्रेती, सुनसरीको इटहरी उपमहानगरपालिका -१९ का सिशम घिमिरे, झापाको बिर्तामोड नगरपालिका- ५ का समीर तामाङ, इटहरी उपमहानगरपालिका- ६ की विजया तिमल्सिना, मोरङको लेटाङ नगरपालिका- ६ का गोपाल नेपाली र मोरङकै लोटाङ -१ का दिपेश राई घाइते भएका छन ।

यस्तै मोरङको मधुमल्ला गाउँपालिका -९ का बम बहादुर खड्का र नेत्र बहादुर खड्का पनि घाइते भएका छन् ।

पाँचथर याङ्वरक गाउँपालिका- ४ का बिक्रम सुन्दास र सुजन सुन्दास, धनकुटाको मदलक्ष्मी नगरपालिका- १ का गोरख बुढाथोकी, मोरङको सुन्दरहरैँचा नरपालिका- १ का उपेन्द्र खतिवडा, विराटनगर महानगरपालिका-८ का अतुल कटुवाल र तेह्रथुम छत्तर गाउँपालिका -६ का तिरबहादुर लिम्बु घाइते भएका छन् ।

प्रतिक्रिया