November 15, 2024, 4:48 am
» दैलेखका किसान ‘गुणे’ धानमा अधिक आकर्षित » फोहोरमा राजनीति गर्ने-गराउने दिन सकिए, दिगो व्यवस्थापन गर्छौं : बालेन » दार्चुलामा जिप दुर्घटना : मृतकको सङ्ख्या सात पुग्यो » शुक्रबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर » देशका अधिकांश भागमा आज मौसम सफा रहने

राष्ट्रपति भवनमा घटस्थापना

अशोज १७, २०८१ मा प्रकाशित | ५९०दर्शक तीव्रखबर

काठमाडौँ, :  राष्ट्रपति रामचन्द्र पौडेलले  बडादसैँका अवसरमा वैदिक विधिपूर्वक दुर्गादेवीको पूजाअर्चनाका साथ राष्ट्रपति भवनमा घटस्थापना गर्नुभएको छ ।

दुर्गापक्षको पहिलो दिन आज राष्ट्रपतिले देशको प्रतिनिधित्व गर्दै शक्तिकी अधिष्ठात्री देवी दुर्गाको पूजा, आराधनाका साथ विधिपूर्वक घटस्थापना गरेर जमरा राख्ने परम्परा छ । सोही परम्परालाई निरन्तरता दिँदै उहाँले घटस्थापना गरेर जमरा राख्नुभएको हो ।

आज विधिपूर्वक जमरा राखिएको स्थानमा महानवमीसम्म दुर्गा सप्तशति पाठका साथै वैदिक नियमअनुसार नवदुर्गाको पूजाआराधना गरिन्छ । विजयादशमीका दिन देवी विसर्जन गरी घटस्थापना गरिएको घडाको जलले अभिषेक गरी प्रसादस्वरुप टीका र समृद्धिको प्रतीक जमरा लगाइन्छ

प्रतिक्रिया