November 23, 2024, 3:39 pm
» अमेरिकामा कार दुर्घटना, दुई नेपालीको मृत्यु » इराकमा भएको हवाई आक्रमणमा पाँच जना आइएस लडाकुको मृत्यु » काठमाडौँमा आज तीन शव भेटिए » गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान दिगो रुपमा हुन्छ : मन्त्री पाण्डे » चिकित्सकले मृत घोषणा गरेका एक भारतीय चिताबाट ब्यूँझिएपछि…

टीकापुर अस्पतालमा डाइलासिस सेवा सुरु

असार ३१, २०८१ मा प्रकाशित | ९१०दर्शक तीव्रखबर

टीकापुर : कैलालीको टीकापुरस्थित टीकापुर अस्पतालमा पहिलो पटक डाइलासिस सेवा सुरु गरिएको छ। मृर्गौला सम्बन्धी समस्या भएका बिरामीहरूका लागि आजदेखि अस्पतालमा डाइलासिस सेवा सुरु गरिएको हो।

अस्पतालमा डाइलासिस कक्ष निर्माण गरिएको छ। पाँच वटा हेमो डाइलासिस ५ बेड, एउटा आरो प्लान्ट लगायत सुविधा सम्पन्न संक्रमणरहित कक्षबाट सेवा सुरु गरिएको टीकापुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष झपटबहादुर सोडारीले बताए।

‘डाक्टर सन्देश पण्डित नेतृत्वको तालिम प्राप्त स्वास्थ्यकर्मीहरूको टिमबाट आजदेखि डाइलासिस सेवा गरिएको हो’ अध्यक्ष सोडारीले भने ‘यस क्षेत्रका बिरामीहरूलाई महंगो डाइलासिस सुविधा अब टीकापुर अस्पतालबाटै प्रदान गर्नेछौं, यो यस क्षेत्रबासीकै लागि खुशीको खबर हो।’

मृर्गौला सम्बन्धी उपचार गर्नका लागि हाल टीकापुर अस्पतालमा ३० जना बिरामीले नाम दर्ता गराएको डाक्टर सन्देश पण्डितले जानकारी दिए। ‘एउटा बिरामीको डाइलासिस गर्नका लागि कम्तीमा चार घण्टा समय लाग्छ’ डाक्टर पण्डितले भने ‘हप्ताको दुई दिन गर्नुपर्ने डाइलासिस सेवा हामी विहानी समयमा गर्ने योजनामा छौं, आज एकजना बिरामीको डाइलासिस गरिएको छ।’

डाक्टर पण्डितले महङ्गो डाइलासिस सेवा लिन टीकापुर बाहिर जानुपर्ने बिरामीहरूको लागि राहत हुने बताए। लामो समयदेखि टीकापुर अस्पतलामा डाइलासिस सेवा गर्नुपर्ने माग स्थानीयहरूले राख्दै आएका थिए।

प्रतिक्रिया