February 25, 2025, 6:35 am
» सानिमा रिलायन्सको लाभांश घोषणा » शिक्षामन्त्री भट्टराई चार दिनदेखि अस्पतालमा भर्ना, क्षयरोगको आशंका » पूर्वराजा ज्ञानेन्द्र शाह स्याङ्जा, भयो भब्य स्वागत » अमेरिकी डलरसंगै युरोको मुल्य पनि घट्यो » सशस्त्र प्रहरी इन्सपेक्टर महत मृत्यु प्रकरण : अर्का इन्सपेक्टर विकेक जोशी पक्राउ

श्रीलङ्काका नवनिर्वाचित राष्ट्रपतिलाई अध्यक्ष दाहालको बधाई

अशोज ७, २०८१ मा प्रकाशित | ७४०दर्शक तीव्रखबर

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रीलङ्काका नवौं राष्ट्रपतिको निर्वाचनमा ऐतिहासिक जित हासिल गरेकोमा अनुरा कुमारा दिसानायकेलाई बधाई दिनुभएको छ ।

अध्यक्ष दाहालले सामाजिक सञ्जालमार्फत नवनिर्वाचित राष्ट्रपति दिसानायकेसहित उहाँले नेतृत्वको गरेको गठबन्धन नेशनल पिपुल्स पावर र उहाँको दल जेभीपीलाई बधाई दिनुभएको हो ।

अध्यक्ष दाहालले भन्नुभएको छ, “भ्रष्टाचार, आर्थिक सङ्कट र भूराजनीतिक तनावको सही समाधानका रूपमा माक्र्सवादी नेता चयन गर्ने श्रीलङ्काली जनतालाई म सलाम गर्छु । उहाँको कार्यकालमा नेपाल र श्रीलंकाबीचको सम्बन्ध थप सुमधुर हुने विश्वास लिएको छु ।”

प्रतिक्रिया