November 15, 2024, 5:37 am
» सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? » कोप-२९ मा सहभागी भई स्वदेश स्वदेश फर्किए राष्ट्रपति » टुकुचाको ढलमा सङ्क्रामक पोलियो जीवाणु नभएको पुष्टि » दैलेखका किसान ‘गुणे’ धानमा अधिक आकर्षित » फोहोरमा राजनीति गर्ने-गराउने दिन सकिए, दिगो व्यवस्थापन गर्छौं : बालेन

नेपालको अर्थतन्त्र सुधार हुँदैछ : आइएमएफ उपनिर्देशक

अशोज ६, २०८१ मा प्रकाशित | ४२०दर्शक तीव्रखबर

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्रको उपनिर्देशक रुपा दत्तगुप्ताबीच शिष्टाचार भेट भएको छ ।

अर्थ मन्त्रालयमा भएको भेटमा उपनिर्देशक दत्तगुप्ताले नेपालको अर्थतन्त्र सुधार हुँदै गएको आफूले पाएको बताएकी छन् । उनले नेपालमा लागानी सहजीकरण सम्बन्धी कानुनहरु परिमार्जन हुँदै गएको, राजस्व परिचालन रणनीति कार्यान्वयनमा आएको, अर्थतन्त्र सम्बन्धी विभिन्न सुझावहरु कार्यान्वयन हुँदै गएकाले आफू उत्साहित भएको धारणा व्यक्त गरिन ।

सो अवसरमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले अर्थतन्त्रलाई सुदृढ गर्न सरकारले योजनाबद्ध रुपमा काम गरिरहेको जानकारी गराएका थिए ।

प्रतिक्रिया