September 19, 2024, 9:43 pm
» ‘शेरबहादुर देउवा रिसाएको दिन यो सरकार ढल्छ’ : रवि लामिछाने » श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै » ‘काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’ » बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन » क्यान्सरको आशंकामा मासु लिएर चेक गर्न खोज्दा नमान्ने राउटे युवाको डिस्चार्जलगत्तै मृत्यु

पाटन अस्पतालका सिनियर ल्याब टेक्निसियनविरुद्ध मुद्दा दायर

अशोज २, २०८१ मा प्रकाशित | ४५०दर्शक तीव्रखबर

काठमाडौं पाटन अस्पतालका सिनियर ल्याब टेक्निसियनविरुद्ध मुद्दा दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पताल, लगनखेल, ललितपुरमा सिनियर ल्याब टेक्निसियन दिपेन्द्र यादवले नक्कली प्रमाण पत्र प्रयोग गरेर बढुवा लिएको आरोपमा मुद्दा दायर गरेको हो ।अख्तियारले यादवले बढुवा प्रयोजनका लागि पेश गरेको बीएमएलटी तहको शैक्षिक योग्यताका प्रमाणपत्र भारतको मगध विश्वविद्यालय, बोधगयाबाट जारी भएको प्रमाणपत्रहरू नक्कली भएको भन्दै विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको जनाएको छ ।

प्रतिक्रिया