September 19, 2024, 4:42 pm
» ‘शेरबहादुर देउवा रिसाएको दिन यो सरकार ढल्छ’ : रवि लामिछाने » श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै » ‘काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’ » बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन » क्यान्सरको आशंकामा मासु लिएर चेक गर्न खोज्दा नमान्ने राउटे युवाको डिस्चार्जलगत्तै मृत्यु

धोबीखोलाले बगाएको ट्याक्सी भेटियो, चालक सकुशल

भदौ ३०, २०८१ मा प्रकाशित | ४७०दर्शक तीव्रखबर

काठमाडौं – काठमाडौंको देवीनगरस्थित धोबिखोलामा खसेको ट्याक्सी भेटिएको छ । हनुमानथान र थापागाउँ जोड्ने पुल नजिकबाट धोबिखोलामा खसेको बा २ ज १७९२ नम्बरको ट्याक्सीलाई बाढीले बगाएको थियो ।

उक्त ट्याक्सी थापाथलीस्थित वाग्मती नदी र धोवीखोलाको दोभानमा भेटिएको हो । ट्याक्सी चालक चितवनको कालिका नगरपालिका-७ घर भएका ३३ वर्षीय उर्गेन लामालाई प्रहरीले सकुशल उद्धार गरेको छ ।उनले ट्याक्सी लिएर बिजुलीबजार हुँदै एकान्तकुनातर्फ जाँदै थिए । चालकको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया