September 19, 2024, 4:13 pm
» क्यान्सरको आशंकामा मासु लिएर चेक गर्न खोज्दा नमान्ने राउटे युवाको डिस्चार्जलगत्तै मृत्यु » अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ » असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने » प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान » PM asks to secure future by using constitutionally ensured freedom

अस्ट्रेलियामाथि इङल्याण्ड ३ विकेटले विजयी

भदौ २९, २०८१ मा प्रकाशित | ४४०दर्शक तीव्रखबर

काठमाडौँ । टी-२० सिरिजको दोस्रो खेलमा इङल्याण्डले अस्ट्रेलियालाई पराजति गरेको छ । गएराती सम्पन्न खेलमा इङल्याण्डले अस्ट्रेलियालाई ३ विकेटले पराजित गरेको हो ।
अस्ट्रेलियाले दिएको १९४ रनको लक्ष्य पछाएको इङल्याण्डले १९ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
इङल्याण्डको जितमा लियम लिभिङस्टोनले सर्बाधिक ८७ रन बनाएका थिए भने जाकोब बेथेलले ४४ तथा फिल साल्टले ३९ रन बनाएका थिए ।  त्यस्तै अस्ट्रेलियाका बलर म्याथ्यु शर्टले सर्बाधिक ५ विकेट लिए भने सिन एबोटले २ विकेट लिएका थिए ।
यस अघि पहिला ब्याटिंग गरेको अस्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाउदै १९३ रन बनाएको थियो । अस्ट्रेलियाका लागि जेक फ्रासर म्याकग्रुकले सर्बाधिक ५० रन बनाए भने जोस इंगलिसले ४२, ट्राभिस हेडले ३१ तथा म्याथ्यु शर्टले २८ रन बनाएका थिए ।
त्यसैगरी इङल्याण्डका बलर लियम लिभिङस्टोन र ब्राइडन कार्सले २-२ विकेट लिएका थिए ।
यो जितपछि ३ खेलको सिरिज १-१ को बराबरीमा आएको छ र अब सिरिजको तेस्रो खेल आइतबार हुने छ ।

प्रतिक्रिया