September 19, 2024, 4:19 pm
» क्यान्सरको आशंकामा मासु लिएर चेक गर्न खोज्दा नमान्ने राउटे युवाको डिस्चार्जलगत्तै मृत्यु » अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ » असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने » प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान » PM asks to secure future by using constitutionally ensured freedom

रास्वपाको राष्ट्रिय भेलामा देशभरबाट १५ सय प्रतिनिधि सहभागी हुने

भदौ २७, २०८१ मा प्रकाशित | ३९०दर्शक तीव्रखबर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को राष्ट्रिय भेला आगामी असोज १ र २ गते हुने भएको छ । रास्वपाले बिहीबार पत्रकार सम्मेलन गरी राष्ट्रिय भेलाबारे जानकारी गराएको हो ।
सह-महामन्त्री कविन्द्र बुर्लाकोटीले पत्रकार सम्मेलनमा राष्ट्रिय भेलामा देशभरबाट १ हजार ५ सयभन्दा बढी प्रतिनिधिहरु आउने जानकारी दिएका छन् ।
राष्ट्रिय भेलामा सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ भने सांगठनिक प्रतिवेदन पनि प्रस्तुत गरिने उनले बताए । सह–महामन्त्री बुर्लाकोटीका अनुसार सातै प्रदेशबाट आएका प्रदेश सभापतिहरुले पनि संक्षेपमा प्रतिवेदन पेश गर्ने कार्यतालिका रहेको छ ।

प्रतिक्रिया