September 20, 2024, 5:32 am
» प्रधानमन्त्री ओली आज अमेरिका जादै » च्याम्पियन्स लिगमा मोनाकोसँग बार्सिलोना पराजित » मनसुनी वायुको प्रभाव: दिउँसो देशभर आंशिकदेखि साधारणत बदली » ‘शेरबहादुर देउवा रिसाएको दिन यो सरकार ढल्छ’ : रवि लामिछाने » श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै

पशुपतिको कोटिहोम महायज्ञको आम्दानी र खर्च सार्वजनिक, ७२ लाख ५० हजार ३०४ रुपैयाँ घाटा

भदौ २७, २०८१ मा प्रकाशित | ३९०दर्शक तीव्रखबर

काठमाडौं,   । ‘ऐतिहासिक श्री पशुपति कोटिहोम एवम् १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ’ लगाउँदा घाटा भएको दाबीसहित आज हिसाबकिताब सार्वजनिक भएको छ ।

आयोजकका तर्फबाट बिजय कृष्णमूर्तिले आज पत्रकार  सम्मेलन गर्दै कोटिहोममा कुल २० करोड १५ लाख ८२ हजार ४९० रुपैयाँ १५ पैसा बराबर नगद र द्रव्य दान संकलन भएको बताए ।

यस्तै, कोटिहोमका लागि २० करोड ८८ लाख ३२ हजार ७९४ रुपैयाँ ३८ पैसा खर्च भएको उनले बताए । यस अनुसार ७२ लाख ५० हजार ३०४ रुपैयाँ घाटा भएको उनले जानकारी दिए ।

महायज्ञमा कबोल भएकोमध्ये डेढ करोडदेखि २ करोड रुपैयाँ भन्दा बढि रकम उठ्न बाँकी रहेको समेत उनले बताए । एक युगमा एक पटक इतिहासमै पहिलो पटक’ भन्ने नाराका साथ पशुपतिको (वनकाली) हंस मण्डपमा साउन १ गतेदेखि साउन ३२ गते महिनाभर कोटिहोम भएको थियो ।

मानव सेवा फाउन्डेसनको केन्द्रीय कार्यालय काठमाडौंमा ऐतिहासिक काेटिहाेम ज्ञान महायज्ञकाे प्राप्त दान रकम र खर्च रकम पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दै !

त्यस्तै, भक्तजनहरुले दानस्वरुप दिएको ११ लाख ८९ हजार २ सय ९७ रुपैयाँको चेक नै नसाटिएको विजय कृष्णमुर्तिले सुनाए ।

विजय कृष्णमुर्तिका अनुसार प्रमुख कथावाचक देविप्रतिभा, राधिका दासी, चन्द्रकला शखी, दीनबन्धु पोखरेलसहित २० जनालाई ७७ लाख ८२ हजार ५ सय ५५ रुपैयाँ दक्षिणा दिइएको छ । कोटीहोममा ७२ लाख ५० हजार ३ सय ४ रुपैयाँ ऋण लागेको विजय कृष्णमुर्तिले सुनाए ।

मानव सेवा फाउन्डेसनलगायतका संस्थाहरुको आयोजनामा आयोजित उक्त महायज्ञको संकल्पकर्ता बाल योगेश्वर विजय कृष्णमुर्ति (विजय भण्डारी) थिए ।

प्रतिक्रिया