February 24, 2025, 10:09 pm
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

सभापति देउवाले पार्टीको भूपू सैनिक विभागमा मनोनित गरे १० सदस्य

भदौ २७, २०८१ मा प्रकाशित | ७००दर्शक तीव्रखबर

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको भू.पू. सैनिक विभागको सदस्यमा १० जना मनोनयन गरेका छन् ।
सभापति देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य महेन्द्रकुमारी लिम्बु प्रमुख रहेको भू.पू. सैनिक विभागको सदस्यमा १० जना मनोनयन गरेको कांग्रेस केन्द्रीय कार्यालयले जानकारी दिएको छ ।
मनोनयन भएका सदस्यहरूमा गर्जबहादुर गुरूङ, लम्जुङ, हेमलाल लिम्बु, सुनसरी, तुलबहादुर गुरुङ, कास्की, जोवानसिंह ठकुरी, रूपन्देही, भिम चन्द, कञ्चनपुर, भावना घर्ती मगर, सुर्खेत, गुणबहादुर कार्की, महोत्तरी, लिला मास्के राना, नवलपुर, गोपाल तामाङ, झापा र सुनिता लामिछाने, काठमाडौँ रहेका छन् ।

प्रतिक्रिया