September 20, 2024, 8:39 am
» कृषिमन्त्री अधिकारीलाई डेंगु संक्रमण, मन्त्री क्वाटरमै आराम गर्दै » नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छ- प्रचण्ड » प्रधानमन्त्री ओली अमेरिका प्रस्थान » प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री » प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान

नेप्सेमा दोहोरो अंकको गिरावट, ७ अर्बको कारोबार

भदौ २५, २०८१ मा प्रकाशित | ३१०दर्शक तीव्रखबर

काठमाडौँ । नेप्सेमा आज १३ अङ्कको गिरावट आएको छ । मंगलबार नेप्सेमा १३.०९ अङ्कको गिरावट आउदा ओरालो २६३२. ९४ विन्दुमा रोकिएको छ ।

आज ३२८ कम्पनिको कारोबार हुदा एक करोड ९० लाख ७७ हजार ५८३ कित्ता शेयर ७ अर्ब २४ करोड ५५ लाख ६८ हजार ४२१ को खरिद बिक्री भएको छ ।

नेप्सेका अनुसार आज मानुषी लघुवित्तको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, आज सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किमको मुल्य सबैभन्दा बढी ८.८२ प्रतिशतले घटेको छ ।

आज सबैभन्दा बढी हाइड्रोइलेक्ट्रीसिटी इन्भेस्टमेन्टको सबै भन्दा बढी २९ करोड ८१ लाख ५४ हजार ७७ बराबरको शेयर कारोबार भएको छ ।  त्यस्तै हाइड्रोइलेक्ट्रीसिटी इन्भेस्टमेन्टको नै सबैभन्दा बढी १६ लाख ६४ हजार ८५ कित्ता शेयर कारोबार भएको छ  ।

प्रतिक्रिया