September 19, 2024, 4:21 pm
» क्यान्सरको आशंकामा मासु लिएर चेक गर्न खोज्दा नमान्ने राउटे युवाको डिस्चार्जलगत्तै मृत्यु » अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ » असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने » प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान » PM asks to secure future by using constitutionally ensured freedom

पोखरा पुगेका रविको चर्को विरोध, सहकारी पीडितहरूले देखाए कालो झन्डा

भदौ २५, २०८१ मा प्रकाशित | ३९०दर्शक तीव्रखबर

काठमाडौं- पोखराका सहकारीपीडितहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको विरोधमा उत्रिएका छन् ।

पोखरामा पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई सहकारी पीडितले कालो झन्डा देखाउँदै नाराबाजी गरेका छन् ।

लामिछाने मंगलबार मध्यान्ह पार्टीको प्रदेशस्तरीय कार्यक्रमलाई सम्बोधनका लागि पोखरा पुगेका बेला सहकारी पीडितको आक्रोशमा परेका हुन् ।

रास्वपाले पोखरा बिरौटास्थित ग्यालेक्सी बैंक्वेटमा प्रदेशस्तरीय कार्यक्रम राखेको छ । विमानस्थलबाट उत्रिएर कार्यक्रमस्थलमा जाने क्रममा रविले सहकारी पीडितहहरूको विरोधको स्वर र नाराबाजी सुन्नु् परेको हो ।

सहकारी पीडितहरूले कार्यक्रमस्थलबाहिर जम्मा भएर रविविरुद्ध नाराबाजी गरिरहेका छन् ।

पोखरास्थित सूर्यदर्शन सहकारी पीडितहरू ठूलो संख्यामा भेला भएर रविको विरोध गरेका हुन् । सहकारी पीडितहरूले विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर आफूहरूको बचत रकम हिनामिना गरेको भन्दै नाराबाजी गरेका छन् ।

सहकारी ठगलाई राजनीतिक संरक्षण मिलेको बताउँदै सहकारी पीडितहरूले रविविरुद्ध चर्का नाराबाजी पनि गरेका छन् ।

रविले सोमबार मात्रै धनगढीमा आफू प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया नेट्वर्कमा सहकारीबाट अवैध रुपमा लगानी भित्रिएको स्वीकार गरेका थिए ।

रविलाई सहकारी प्रकरणमा संसदीय समितिले यसअघि नै ५१ वटा प्रश्नको जवाफ माग्दै ९ घण्टा लामो बयान लिइसकेको छ ।

त्यसैगरि कास्की प्रहरीले पनि काठमाडौंमै पुगेर रविसँग बयान लिएको थियो । तर, आफू प्रबन्धक निर्देशक भए पनि सहकारीको रकम ग्यालेक्सी टेलिभिजनमा ल्याउन आफ्नो संलग्नता अस्वीकार गरिरहेका छन् ।

यसअघि ७ पुस २०८० मा रविलाई लक्षित गरी पोखरामै खोया हानिएको थियो। अमरसिंहचौरस्थित खेल मैदानमा पार्टीको सभालाई सम्बोधन गरिरहेका लामिछानेमाथि एक युवकले खोया हानेका थिए ।

प्रतिक्रिया