December 27, 2024, 2:49 am
» स्रोत नखुलेको रु ९२ लाखसहित तीन जना पक्राउ » सगरमाथा संवादको तयारी भइरहेको छः परराष्ट्रमन्त्री » तापक्रममा एक्कासी आएको गिरावटका कारण गाजामा तीन शिशुको मृत्यु » जनयुद्धलाई अपमानित गर्ने काम भइरहेको छ : विप्लव » शुक्रबार साँझदेखि अधिकांश स्थानमा हिमपातको सम्भावना

नेपालमाथि मोदीले भाँजो हाले, के हो माथिल्लो अरूण ?

भदौ २५, २०८१ मा प्रकाशित | ७४०दर्शक तीव्रखबर

काठमाडौं,। भारतले माथिल्लो अरूण जलविद्युत आयोजनामा ऋण नदिनु भनेर पत्र लेखे पछि विश्व बैंक माथिल्लो अरूण आयोजना असरल्ल हुन पुगेको छ ।

गत वैशाखमा नेपालले वैदेशिक लगानी आकर्षित गर्न लगानी सम्मेलन गरेको थियो, त्यही सम्मेलनमा विश्व बंैकले १०६३ मेगावाटको माथिल्लो अरूण आयोजनामा सहुलियतपूर्ण ऋण लगानी गर्ने प्रतिबद्धता गरेको थियो ।

जेठमा सहमति पनि भइसकेको थियो । त्यसपछि विश्व बंैक अध्यक्ष नै नेपाल आउने र ऋण सम्झौता हुने कार्यक्रम थियो, यही कार्यक्रमलाई भारतले कूटनीतिक लविङ गरेर नेपालसँग माथिल्लो अरूण आयोजनालाई तत्काल ऋण सम्झौता नगर्न विश्व बैंकलाई पत्राचार नै गरेको खुलेको छ ।

भारतको भित्री मनसाय कोशी हाइड्याम र भारतको नदी जडान आयोजना हो । त्यसमा खलल पुग्ने र नेपालका जलविद्युत आयोजना भारतीय ठेकेदारलाई नै दिनुपर्ने र भारतको स्वार्थ अनुकूल नेपालका नदी र पानीको उपयोग गर्ने कुत्सित मनसाय फेरि एकपल्ट उजागर हनु पुगेको छ ।

(छिमेकी) नेबर फस्ट भनेर नथाक्ने भारतले नेपालमाथि अर्को हस्तक्षपे र स्वराजमाथि अतिक्रमण गर्न पुगेको छ । विश्व बैंकसँग सहमति नै भइसकेको विषयमा भारतले यसरी भाँजो हालेको विषयमा नेपाल सरकार बोलेको छैन ।

विश्व बैंकले भारतलाई खुशी पार्न कै लागि नेपालको तयारी नपुगेको अल्झो झिकेको छ । भारतीय चासोका कारण नै विश्व बैंक पछि हटेको खुलस्त भइसकेको छ ।

स्मरणीय के पनि छ भने विश्व बैंकको नेतृत्वमा २०२३ जुन देखि भारतीय मूलका अजय बंगा नै छन् । भारतले तल्लो तटीय अधिकारको दावी पनि गरेको छ र नेपालको जलविद्युत विकासलाई अवरूद्ध पार्न सफल भएको छ ।

नेपालले खोजेको ऋण हो । विश्व बैंक दिन पनि तयार भइसकेको हो । भारतले यसरी नेपाली पानीमा पत्र नै पठाएर हस्तक्षेप गर्न मिल्दैन । नेपालले यो आयोजना, भारतको हस्तक्षेप र नेपाली जलविद्युत विकासका सन्दर्भमा राष्ट्रिय बहस चलाउन जरूरी छ ।

भारतले अरूण तेस्रो, अरूण चौथो, तल्लो अरूण पनि लिइसकेको छ । अब माथिल्लो अरूण पनि हत्याउने भारतको प्रयास हो यो । विश्व बैंक पछि हटेपछि यो आयोजना भारतले लिने निश्चित जस्तै छ, यसकारण पनि नेपाली पक्षले मुख नखोलेको हो ।

यो आयोजनामा नेपालको विश्व बैंकको ऋण, स्वदेशी बैंक लगानी गरी ७० प्रतिशत ऋण लगानी जुटाउनुका साथै ३० प्रतिशत स्वपुँजीबाट वित्तीय व्यवस्थापन गर्ने तयारी थियो । यो तयारीलाई भारतले असफल पारिदिएको छ ।

यो आयोजना पनि अब भारतकै हिल्ला लगाउन नेपाललाई बाध्य पारिदैछ । स्रोत भन्छ, यो आयोजना हत्याउन भारत सरकारको सतलज जलविद्युत् निगम अग्रसर भएको छ । सकृयता देखाएको छ ।

भारतको यही सरकारी कम्पनीले ९०० मेगावाटको अरूण तेस्रो, ४९० मेगावाट क्षमताको अरूण चौथो, ६७९ मेगावाट क्षमताको तल्लो अरूण आयोजना कब्जा गरिसकेको छ ।

माथिल्लो अरूण पनि त्यही बेसिनको भएको, निर्माण सजिलो र प्रसारण लाइनको समस्या पनि नहुने आयोजना हो । सजलजका प्रतिनिधि भन्छन्–यो आयोजना हामीले नै पाउनुपर्छ, हामी नै बनाउँछौं ।

माथिल्लो अरूण आयोजना प्रमुख फडिन्द्रराज जोशी सबै पूर्वाधार कार्य सम्पन्न भई आयोजना निर्माणका लागि बित्तीय व्यवस्थापनको पखाईमा रहेको लामो समय भइसक्यो ।

उनी भन्छन्– विश्व बैंकपछि हट्यो भने नेपालले आफ्नै स्रोत जुटाएर निर्माण गर्नुपर्छ । के हो माथिल्लो अरूण ? संखुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने माथिल्लो अरूण हालसम्म कै ठूलो १,०६३ मेगावाटको अर्धजलाशययुक्त आयोजना हो ।

यो आयोजनाबाट वार्षिक चार अर्ब ५३ करोड युनिट ऊर्जा उत्पादन हुन सक्नेछ । आयोजना सम्पन्न गर्न पाँच वर्ष लाग्ने अनुमान छ । कालापानी, लिपुलेक, लिम्पियाधुरा हत्याइसके पछि पनि सीमा अतिक्रमण जारी छ, भारतले अति गर्न थाल्यो है । गोरखा एक्सप्रेसका साथमा ।

प्रतिक्रिया