September 19, 2024, 4:17 pm
» क्यान्सरको आशंकामा मासु लिएर चेक गर्न खोज्दा नमान्ने राउटे युवाको डिस्चार्जलगत्तै मृत्यु » अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ » असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने » प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान » PM asks to secure future by using constitutionally ensured freedom

छानबिन समितिले सहकारपीडितलाई न्याय दिनेमा विश्वस्त छु : रवि लामिछाने

भदौ २४, २०८१ मा प्रकाशित | ४४०दर्शक तीव्रखबर

सुदूरपश्चिम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सहकारी अपचलन सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समिति सहकारपीडितलाई न्याय दिन सक्षम हुने विश्वास व्यक्त गर्नुभएको छ ।

धनगढीमा आज बसेको पार्टीको सुदूरपश्चिम प्रदेश दोस्रो विस्तारित बैठकमा उनले संसदीय समितिले मिहेनतका साथ काम गरिरहेकाले पीडितको समस्या समाधान हुने आफूलाई  विश्वास रहेको बताए । सभापति लामिछानेले आफ्नोबारेमा गलत मनसायका साथ टीकाटिप्पणी भइरहेका भन्दै समितिको प्रतिवेदनबाट यो प्रस्ट हुने धारणा राखे । “जसको कुनै सहकारी छैन, उसैलाई सहकारी ठग भनिएको छ, पीडितलाई न्याय दिनेभन्दा पनि रविलाई डाम्न पाए हुन्थ्यो भन्ने पनि केहीलाई लागेको छ”, उनले भने,“यस विषयमा समितिले विधि र पद्धतिमा रहेर निष्कर्ष निकाल्ने नै छ ।

”पूर्वउपप्रधान तथा गृह मन्त्री लामिछानेले रास्वपाको प्रवेशले राष्ट्रिय राजनीति हल्लिएको दाबी गरे । पार्टीका सहप्रवक्ता रमेश प्रसाईँले पार्टीमा देखिएको उचारचडाबबाट विचलित नभएर संगठन निर्माणमा लाग्न नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।

प्रतिक्रिया