September 20, 2024, 10:34 am
» जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ » सहकारी ठगीमा फरारहरु खुलेआम : यस्ता छन् फरारहरुको नाम लिष्ट » पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टको राजीनामा » समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो » कृषिमन्त्री अधिकारीलाई डेंगु संक्रमण, मन्त्री क्वाटरमै आराम गर्दै

प्रि-ओपन सेसनमा झिनो अंकले बढ्यो नेप्से

भदौ २४, २०८१ मा प्रकाशित | ३७०दर्शक तीव्रखबर

काठमाडौं- सोमबार प्रि-ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ०.६६ अंकलेबढेको छ । आइतबार २५ अंकले घटेर बन्द भएको बजार सोमबार प्रि-ओपन सेसनमा ०.०२ प्रतिशतले बढेर २७०२.५६ विन्दुमा पुगेको हो । 

आइतबार १० अर्ब बढीको कारोबार भएर बन्द भएको नेप्से सोमबार प्रि सेसनमा ३० लाख ८० हजार ९५७ रुपैयाँ बराबरको कारोबार भएको छ । उक्त सेसनमा ३ हजार ९० कित्ता शेयर कारोबार भएको छ ।

सेसनमा ७ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १४ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ६ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 

उक्त सेसनमा २८ वटा कम्पनीको शेयर ६५ पटक किनबेच भएको छ ।

प्रतिक्रिया