September 20, 2024, 12:42 pm
» रवि लामिछाने बारे कुमार रम्तेलले समितिमा के के भने ? » रौतहटमा फैलियो झाडा पखला » जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ » सहकारी ठगीमा फरारहरु खुलेआम : यस्ता छन् फरारहरुको नाम लिष्ट » पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टको राजीनामा

नेप्सेमा दोहोरो अंकको गिरावट, १० अर्बको कारोबार

भदौ २३, २०८१ मा प्रकाशित | ४२०दर्शक तीव्रखबर

काठमाडौँ । नेप्सेमा आज दोहोरो अङ्कको गिरावट आएको छ । आइतबार नेप्सेमा २५.४६ अङ्कको गिरावट आउदा ओरालो २७०१. ९० विन्दुमा रोकिएको छ ।
आज ३२८ कम्पनिको कारोबार हुदा दुई करोड २२ लाख ६२ हजार ९२४ कित्ता शेयर १० अर्ब १२ करोड २४ लाख आठ हजार २४८ को खरिद बिक्री भएको छ ।
नेप्सेका अनुसार आज माहुली लघुवित्त, सिर्जनशिल लघुवित्त, मिड सोलु हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले बृद्धि भई सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, आज थ्री स्टार हाइड्रोपावर १०, कुमारी इक्विटी फण्ड आठ दशमलव शून्य सात, गुडविल फाइनान्स छ दशमलव शून्य पाँच, डोल्टी पावर कम्पनी चार दशमलव ५४ र मातृभूमि लघुवित्तका लगानीकर्ताले चार दशमलव ४५ प्रतिशतले गुमाएका छन् ।
आज सबैभन्दा बढी सिइडीबी हाइड्रोको ४२ करोड १९ लाखको कारोबार भएको छ भने हाइड्रोइलेक्ट्रीसिटी हाइड्रोको सबै भन्दा बढी २२ लाख २३ हजार ४७४ कित्ता शेयर कारोबार भएको छ ।

प्रतिक्रिया